काठमाडौं । एन्ड्रोइड टिभी ब्रान्डा टिसिएलले यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर 'फुटबल हंगामा' नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले टिसिएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टिसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै टिसिएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु खरिद गर्दा १ भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत ६५ इन्चको फोरके टेलिभिजन पनि जित्न सक्नेछन् । ग्राहकहरुले आफूलाई बम्पर उपहारमा सहभागी गराउन टिसिएल टाइप गरी आफ्नो नाम र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखेर ३१००३ मा एसएमएस गर्नुपर्ने कम्पनीले बताएकाे छ ।
यो योजना मंसिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरी लागू हुने कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो, एक्सचेन्ज अफर र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ । टिसिएल ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको आधिकारिक विश्वव्यापी प्रायोजक पनि हो ।
नेपाल अधिराज्यभर टिसिएल ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुमा रहेका छन ।