काठमाडौं । संघीय र प्रदेशसभाको चुनावपछिको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उत्साह देखिएको छैन । चुवानअघि उकालो यात्रा तय गरेको बजार यस दिन ७.१३ अंकले घट्न पुगेको हो ।
यस दिन नेप्से परिसूचक ७.१३ अंकले घटेर १९२९ बिन्दुमा झरेको छ । यस दिन नेप्से उच्च बिन्दु १९६१ बिन्दु र न्यून १९२६ बिन्दु समातेको थियो । आज सुरुवाति समयमा उकालो लाग्दै १९६१ बिन्दुमा पुगेको नेप्से धेरै समय अडिन सकेन । नेप्से साढे ११ बजेपछि ओरालो लाग्दै १९२८ बिन्दुमा आएर रोकिएको छ ।
चुनावपछि लगानीकर्ता हेर र पर्खको अवस्थामा पुगेका छन् । चुनाव सकिएपछि नयाँ नेतृत्वको सरकार र अर्थमन्त्री आगमन पर्खाइले गर्दा सेयरबजारमा उत्साह देखिएको छैन् ।
यस अघि बनेको सरकार, अर्थमन्त्री र उनीहरुको अभिव्याक्तिले बजारमा प्रभाव पार्ने गरेको थियो । यतिबेला नयाँ बन्ने सरकार र अर्थमन्त्रीलाई आगमनलाई लिएर लगानीकर्ता हेर र पर्खको अवस्थामा पुगेको देखिन्छ । आज घटेको बजारमा करिब डेढ अर्बको कारोबार भएको छ ।
अघिल्लो कारोबारको तुलनामा यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम समेत गिरावट आएको छ । यस दिन नेप्सेमा १ अर्ब ३५ करोडको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ६९ करोडको कारोबार भएको थियो ।
आज नेप्सेमा २२८ कम्पनीको कारोबार भएको छ । २२८ कम्पनीले १ अर्ब ३५ करोडको कारोबार गरेका छन् । कारोबार भएका २२८ कम्पनीमध्ये ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । त्यस्तै आधादर्जन कम्पनकनीको सेयर मूल्य स्थिर नै छ ।
आज नेप्सेमा कारोबार भएका कम्पनीमध्येमा जानकी फाइनान्सको सर्वाधिक ६.२३ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यसैगरी खप्तड लघुवित्तको सेयर मूल्य ३.९९ प्रतिशत र धौलागिरी लघुवित्तको सेयर मूल्य ३.९७ प्रतिशतले बढेको छ ।
आज युनिलिभर नेपाल कम्पनीको सर्वाधिक ५.५८ प्रतिशतले सेयरमूल्य घटेको छ । नेपाल बैंकको सर्वाधिक १२ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, रिडी हाइड्रोपावरको ८ करोड ६७ लाख र हिमालयन डिस्टीलरीको ८ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।