काठमाडौं। फुटबलको महाकुम्भ ‘विश्वकप’ भोलि आइतबारबाट सुरु हुँदैछ। विश्वकप नजिकिएसँगै यसमा सहभागी राष्ट्र, खेलाडी, आयोजक, योजना खर्च र रंगशाला, उपाधिलगायत विविध विषयमा निकै चर्चा भइरहेका छन्।
विश्वकप २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म खाडी मुलुक कतारमा हुँदैछ। यो २२औं संस्करणको विश्वकप हो जसमा कतारसहित ३२ राष्ट्र सहभागी छन्।
विश्वकप प्रतियोगिता मध्यपूर्वमा पहिलो र एसियामा दोस्रोपटक हुन गइरहेको छ। कतार एक्लैले आयोजना गरेको यो विश्वकपका खेल त्यहाँका आठवटा रंगशालामा हुनेछन्। विश्वकपका लागि विश्वभरिबाट १० देखि १५ लाख दर्शक कतार पुग्ने फिफाको अनुमान छ।
कतार विश्वकपको आधिकारिक गीत ‘हाया हाया’ हो, जसको अर्थ ‘बेटर टुगेदर’ अर्थात् ‘साथ हुँदा झन् राम्रो’ भन्ने हुन्छ। यो गीत ट्रिनिडाड कार्डोना, डाभिडो र आइशाले गाएका हुन्। सन् १९३० मा विश्वकप उरुग्वेबाट सुरु भएको थियो, जहाँ आयोजक राष्ट्रले फाइनलमा आर्जेन्टिनालाई ४–२ गोलले पराजित गर्दै उपाधि जितेको थियो। त्यसयता विश्वकप हरेक चार÷चार वर्षमा हुँदै आएको छ। तर, दोस्रो विश्वयुद्धका कारण १९४२ र १९४६ को विश्वकप भने रद्द भएका थिए।
कतार विश्वकपका रोचक तथ्य
कतार विश्वकप प्रतियोगिता तयारीका हिसाबमा सबैभन्दा महँगो विश्वकप हो। यस विश्वकप तयारीका लागि कतारले रंगशाला, राजमार्ग, होटललगायत पूर्वाधार निर्माणमा २ खर्ब डलरभन्दा बढी खर्च गरेको छ।
त्यस्तै उत्तरी गोलाद्र्धबाट हेर्दा यो विश्वकप पहिलोपटक हिउँद याममा हुँदैछ। विश्वकप सामान्यतयाः वर्षको मध्यतिर आयोजना हुन्छ, तर पृथ्वीको मध्यपूर्वमा रहेको कतारमा ५५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुन्छ। यस्तो अवस्थामा कुनै पनि प्रकारको विश्वव्यापी कार्यक्रम आयोजना गर्नु असम्भवजस्तै हो। गर्मीकै कारण फिफा विश्वकपको क्यालेन्डर परिवर्तन गरिएको हो।
रोचक तथ्यकै कुरा गर्दा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलोपटक ६ देशले प्रतिस्पर्धा गर्दैछन्। आयोजक कतार आयोजकको नाताले सिधै छनोट भएको हो भने यसको साथमा जापान, दक्षिण कोरिया, इरान, साउदी अरब, अस्ट्रेलिया पनि विश्वकपमा देखिनेछन्। त्यस्तै विश्वकपको २२औं संस्करणमा आइपुग्दा ब्राजिल सबै संस्करण खेल्ने एकमात्र राष्ट्र यसपटक पनि प्रमुख दाबेदारका रूपमा कतार पुग्ने छ भने चारपटकको च्याम्पियन इटाली यस विश्वकपमा देखिने छैन।
कतारमा दिउँसो उच्च तापक्रम हुने भएकाले यस समस्या समाधान गर्न कतारले आठवटै रंगशालामा एयर कन्डिसनको व्यवस्था गरेको छ। त्यस्तै कतार विश्वकपमा गएका दर्शकका लागि कतारले मदिरा खान पाउने विभिन्न ‘फ्यान जोन’ को पनि व्यवस्था गरेको छ। जसले सस्तो दरमा मदिरा प्रदान गर्ने छ।
कतार विश्वकमा खेल हुने सहर तथा रंगशाला पनि करिब एक घन्टा अर्थात नजिकको दुरीमा छन्। दोहा, लुसेल, अल वाक्रह, अल रेयानजस्ता खेल हुने सहर नजिक दुरीमा छन्। जसका कारण यात्रा गर्नेलाई सहज हुनेछ।
कुन समूहमा कुन टिम?
फिफा विश्वकप २०२२ मा ३२ राष्ट्र सहभागी छन्। विश्वकपका लागि उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन्। यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलोपटक ६ राष्ट्रले विश्वकप खेल्दैछन्। अफ्रिकाबाट पाँच र दक्षिण अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन्। कतारका पाँच सहरका आठ रंगशालामा खेलाइने विश्वकप उद्घाटन खेल समूह ‘ए’ मा रहेका नेदरल्यान्ड्स र सेनेगलबीच हुनेछ।
समूह ए – कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर
समूह बी – इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्यान्ड, साउदी अरेबिया
समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अस्ट्रेलिया
समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका
समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा
समूह जी – ब्राजिल, स्विजरल्यान्ड, सर्बिया, क्यामरुन
समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना
नेपाली समयअनुसार कुन खेल कति बेला?
विश्वकपमा जम्मा ६४ खेल हुनेछन्। जसमा नेपाली समयअनुसार २४ खेल मध्यराति सुरु हुनेछन्। सेमिफाइनल र क्वार्टर फाइनलसहितका खेल भने राति १२ः४५ बजेमात्रै हेर्न पाइने छ। उद्घाटन खेल आयोजक कतार र इक्वेडरबीच मंसिर ४ गते नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ।
मंसिर ५
इङ्ल्यान्ड र इरान साँझ ६ः४५ बजे
सेनेगल र नेदरल्यान्ड राति ९ः४५ बजे
अमेरिकका र वेल्स मध्यरात १२ः४५ बजे
मंसिर ६
अर्जेन्टिना र साउदी अरब दिउँसो ३ः४५ बजे
डेनमार्क र ट्युनिसिया साँझ ६ः४५ बजे
मेक्सिको र पोल्यान्ड राति ९ः४५ बजे
फ्रान्स र अस्ट्रेलिया मध्यरात १२ः४५ बजे
मंसिर ७
क्रोएसिया र मोरक्को दिउँसो ३ः४५ बजे
जर्मनी र जापान साँझ ६ः४५ बजे
स्पेन र कोस्टारिका राति ९ः४५ बजे
बेल्जियम र क्यानडा मध्यरात १२ः४५ बजे
मंसिर ८
स्विजरल्यान्ड र क्यामरुन दिउँसो ३ः४५ बजे
उरुग्वे र दक्षिण कोरिया साँझ ६ः४५ बजे
पोर्चुगल र घाना राति ९ः४५ बजे
ब्राजिल र सर्बिया मध्यरात १२ः४५ बजे
मंसिर ९
वेल्स र इरान दिउँसो ३ः४५ बजे
कतार र सेनेगल साँझ ६ः४५ बजे
नेदरल्यान्ड्स र इक्वेडर राति ९ः४५ बजे
इङ्ल्यान्ड र अमेरिका मध्यरात १२ः४५ बजे
मंसिर १०
ट्युनिसिया र अस्ट्रेलिया दिउँसो ३ः४५ बजे
पोल्यान्ड र साउदी अरब साँझ ६ः४५ बजे
फ्रान्स र डेनमार्क राति ९ः४५ बजे
अर्जेन्टिना र मेक्सिको मध्यरात १२ः४५ बजे
मंसिर ११
जापान र कोस्टारिका दिउँसो ३ः४५ बजे
बेल्जियम र मोरक्को साँझ ६ः४५ बजे
क्रोएसिया र क्यानडा राति ९ः४५ बजे
स्पेन र जर्मनी मध्यरात १२ः४५ बजे
मंसिर १२
क्यामरुन र सर्बिया दिउँसो ३ः४५ बजे
दक्षिण कोरिया र घाना साँझ ६ः४५ बजे
ब्राजिल र स्विजरल्यान्ड राति ९ः४५ बजे
पोर्चुगल र उरुग्वे मध्यराति १२ः४५ बजे
मंसिर १३
इक्वेडर र सेनेगल राति ८ः४५ बजे
नेदरल्यान्ड र कतार राति ८ः४५ बजे
इरान र अमेरिका मध्यरात १२ः४५ बजे
वेल्स र इङ्ल्यान्ड मध्यरात १२ः४५ बजे
मंसिर १४
ट्युनिसिया र फ्रान्स राति ८ः४५ बजे
अस्ट्रेलिया र डेनमार्क राति ८ः४५ बजे
अर्जेन्टिना र पोल्यान्ड मध्यरात १२ः४५ बजे
साउदी अरब र मेक्सिका मध्यरात १२ः४५ बजे
मंसिर१५
क्रोएसिया र बेल्जियम राति ८ः४५ बजे
क्यानडा र मोरक्को राति ८ः४५ बजे
जापान र स्पेन मध्यरात १२ः४५ बजे
कोस्टारिका र जर्मनी मध्यरात १२ः४५ बजे
मंसिर १६
दक्षिण कोरिया र पोर्चुगल राति ८ः४५ बजे
घाना र उरुग्वे राति ८ः४५ बजे
सर्बिया र स्विजरल्यान्ड मध्यरात १२ः४५ बजे
ब्राजिल र क्यामरुन मध्यरात १२ः४५ बजे
त्यसपछि मंसिर १७ देखि अन्तिम १६ का खेल सुरु हुनेछन्। अन्तिम १६ का खेल हरेक दिन दुई गरी चार दिन चल्नेछन्। जसमा चार खेल राति ८ः४५ र चार खेल मध्यरात १२ः४५ बजे हुनेछन्। मंसिर २१ र २२ गते कुनै पनि खेल हुने छैन। २३ गतेबाट क्वार्टर फाइनलका खेल सुरु हुनेछन्।
२३ गते राति ८ः४५ र मध्यरात १२ः४५ तथा भोलिपल्ट दुई खेल पनि सोही समयमा हुनेछन्। सेमिफाइनलका खेल भने मध्यरातमा हुनेछन्। दुई दिन खाली रहेपछि मंसिर २७ र २८ राति १२ः४५ बजे सेमिफाइनलका खेल हुनेछन्। त्यसपछि फेरि दुई दिन कुनै पनि खेल हुने छैनन्।
तर, तेस्रो स्थानका लागि हुने खेल र विश्वकप फाइनल भने साँझ हुनेछ। पुस २ गते तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित टोली भिड्दा पुस ३ राति ८ः४५ बजे विश्वकपको फाइनल हुनेछ।
फिफा विश्वकप २०२२ का विजेताले कति नगद उपाधि पाउँछन्?
विश्वकप उपाधि उचाल्ने देशबारे विभिन्न अनुमान भइरहेका छन्। विश्वकपमा छनोट भएका सबै राष्ट्र उपाधिका दाबेदार भए पनि प्रमुख दाबेदार देश, तिनका टोली तथा खेलाडीबारे निकै चर्चा भइरहेका छन्।
त्यस्तै फिफा विश्वकप–२०२२ विजेताले कति रकमबराबरका नगद पुरस्कार पाउँछ भन्ने पनि अर्को चासोको विषय हो। विश्वकप लोकप्रिय बन्दै जाँदा र प्रायोजकले पनि धेरै पैसा तिर्ने हुँदा हरेक वर्ष विश्वकपको बजेट बढ्दै जान्छ।
विश्वकप विजेताले ४ करोड २० लाख अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले ३ करोड डलरमा चित्त बुझाउनुपर्ने छ। साथै, तेस्रो स्थान हासिल गर्ने टोलीले २ करोड ७० लाख डलर तथा चौथो स्थानमा रहने टोलीले २ करोड ५० लाख डलर पुरस्कार पाउने छ।
यसैबीच क्वार्टर फाइनलबाट बाहिरिने टोलीले १ करोड ७० लाख डलर पाउनेछन् भने राउन्ड अफ १६ मा बाहिरिने टोलीले १ करोड ३० लाख डलर पाउनेछन्। त्यस्तै विश्वकपमा छनोट भएका राष्ट्रले समूह चरणमा भाग लिएवापत ९० लाख डलर पाउनेछन्।
अहिलेसम्म कुन देशले कतिपटक जिते विश्वकप उपाधि?
विश्वकपको २२औं संस्करणमा आइपुग्दा सबैभन्दा बढी ब्राजिलले पाँचपटकको उपाधि जितेर उपाधि विजेता होडमा प्रथम स्थानमा छ। त्यस्तै जर्मनी र इटलीले चार–चार पटक उपाधि जितेका छन्। अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई–दुइ तथा स्पेन र इङ्ल्यान्डले एक–एकपटक विश्वकप उपाधि उचालेका छन्।
ब्राजिलः पाँच (१९५८, १९६२, १९७०, १९९४, २००२)
जर्मनीः चार (१९५४, १९७४, १९९०, २०१४)
इटालीः चार (१९३४, १९३८, १९८२, २००६)
आर्जेन्टिनाः दुई (१९७८, १९८६)
फ्रान्सः दुई (१९९८, २०१८)
उरुग्वेः दुई (१९३०, १९५०)
स्पेनः एक (२०१०)
इङ्ल्यान्डः एक (१९६६)