काठमाडाैं। नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्ब दाबी भुक्तानी गरेको छ। यो नेपालको बिमा क्षेत्रमा गरिएको सर्वाधिक दाबी भुक्तानी हो।
नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्त सम्म ५.०३ अर्ब मृत्यु दाबी, १५.२६ अर्ब अवधि समाप्ति दाबी भुक्तानी, र १८.५३ अर्ब आंशिक अवधि भुक्तानी गरिसकेको छ। यसका साथसाथै अन्य शिर्षक जस्तै बिमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दाबी, घातक रोग वापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत १५.९४ अर्ब कम्पनीले दाबी भुक्तानी गरिसकेको छ।
बिमित र बिमकबीचको करार बमोजिम जोखिमको क्षति पश्चात वा अवधि समाप्ति पश्चातको रकम यथासमयमा भुक्तानी (दाबी भुक्तानी) गर्न नेपाल लाइफ सदैव तत्पर रहेको कुरा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए।
अवधि भुक्तानी दाबी बिमाको अवधि समाप्ति पश्चात भुक्तानी गरिन्छ भने मृत्यु दाबी तथा अन्य क्षतिको दाबी बिमा अवधि भित्र जुन सुकै समयमा घटित घटना पश्चात भुक्तानी गरिन्छ तर बिमा पूर्णतया अभिछिन्न चालु रहनु पर्दछ। त्यस्तै आंशिक अवधि भुक्तानी, निश्चित अवधिको अन्तराल पश्चात बिमा करारमा तोकिए बमोजिम रकम भुक्तानी गरिने गरिएको छ।
बिमितहरुलाई छिटोछरितो चुस्त, दुरुस्त, तवरले दाबी भुक्तानी गरिरहेको नेपाल लाइफ इन्स्योरेन्सले देशैभरि सातै वटा प्रदेशमा फैलिएर रहेका १९७ क्षेत्रीय कार्यालयहरुबाट बिमा सम्बन्धि सम्पूर्ण सेवाहरु गुणस्तरीय रुपमा प्रदान गर्दै आइरहेको छ।