काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकलाई चुनावी अपडेट लिनका लागि सहज बनाउने विभिन्न अफरहरू ल्याएको छ ।चुनावको समयमा आफ्ना ग्राहकले सस्तो दरमा अपडेट भइरहन पाउन भन्ने उद्देश्यले एनसेलले विभिन्न डेटा र भ्वाइस प्याकका अफर ल्याएको हो ।
अफरअनुसार ग्राहकले आवश्यकताकाअनुसार दैनिक, साप्ताहिक तथा मासिक प्याक छनोट गर्न सक्नेछन् । एनसेलको अफरअन्तर्गत ग्राहकले करसहित ४८ रुपैयाँमा २४ घन्टा अर्थात् एक दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउँन मिल्ने ४० अल नेट एसएमएस प्याक लिन सक्छन् । यसका लागि ८१७१२३८२५३ डायल गर्नुपर्ने हुन्छ ।
त्यस्तै एनसेलको अर्को अफरमा डेटा सेवामा, ग्राहकले डबल मज्जा प्याकअन्तर्गत सात दिनको समयसीमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोग गर्न सक्छन् । यो प्याक लिन ८१७१२३८२२३ डायल गर्नुपर्ने छ ।
साथै डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिनसक्ने कम्पनीले जनाएको छ । यसको अर्थ ग्राहकले ५ जीबीको प्याक फेरि किन्दा १० जीबी डेटा प्राप्त गर्छन् ।
त्यस्तै २९ रुपैयाँमा ग्राहकले एक दिने १ जीबी अलटाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन् । ग्राहकले ८१७१२३८२६३ डायल गरी यो प्याक लिन सक्छन् । भ्वाइस सेवाअन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्नसक्ने कम्पनीले उल्लेख गरेको छ । ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल २६५ रुपैयाँमा सुरु गर्न सक्छन् । यसका लागि ८१७११८८३३ डायल गर्नुपर्ने हुन्छ ।
अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ । यस प्याकमा रहेको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) ९५ रुपैयाँमा एक्टिभेट गर्न सक्छन् । ग्राहकले ८१७११८८६३ डायल गरी प्याक सुरु गर्न सक्छन् । एनसेल एप र वेबसाइटमार्फत पनि यी प्याक खरिद गर्न सकिने जनाइएको छ ।