काठमाडाैं। पछिल्लाे समयमा मानिसहरू बिजुलीको उपलब्धता र सुविधासँग अभ्यस्त भैसकेका छन्। बिजुलीबीनाको जीवन कल्पना पनि गर्न सकिदैन। अहिले बिजुलीको बढ्दो प्रयोगसँगै विद्युतीय क्षति पनि बढ्दो छ। तर मानिसहरूले त्यससँगै हुने खतराकाे बेवास्ता गरेकाे पाइन्छ।
त्यस्ताे खतरा कम गर्न मंगलमले 'वायरसेफ एफआरएलएस कन्ड्युट' पाइप बजारमा ल्याएकाे छ। याे पाइप आगो–प्रतिरोधी र धुवाँ कम गर्ने गुणहरू भएको तारको डक्टिङ ट्यूब हो। यी पाइपहरू निर्माण संरचनामा विद्युतीय तारहरू सुरक्षित बिछ्याउन कन्ड्युट फिटिंगसँग प्रयोग गरिन्छ। यसले बिजुलीको तारबीच इन्सुलेट ब्यारियरको रूपमा सुरक्षा प्रदान गर्छ।
कम्पनीका अनुसार लामो समयसम्म टिकाउ यी पाइपहरु विशेष गरी, क्लोरिनेटेड पोलिविनाइल क्लोराइडलाई आगो लाग्न नदिन र धुवाँ उत्पादन सीमित गर्न इन्जिनियर गरिएको हुन्छ जसले गर्दा आगलागीबाट हुने मानवीय तथा धनसम्पत्तिको क्षति न्युनिकरणमा पनि टेवा पुग्छ।
यस्तै दुर्घटना कम गर्ने उद्देश्यले मंगलम पाइप्सले वायरसेफ एफआरएलएस पाइप बजारमा ल्याएकाे हाे। कम तैल तथा सुरक्षित पाइपहरु धेरै टिकाउ हुने भएकाले मर्मत सम्भारको झन्झटसमेत नहुने कम्पनीले जनाएकाे छ।
कम्पनीका अनुसार यसको मुख्य विशेषता भनेको कोरोजन रेसिस्टेन्ट, आगो नलाग्ने, नओसिने र नकोरिने हुन्छ। यसको जोइन्ट र फिटिङ्स स्लिप–अन सल्भेन्ट वेल्डेड कनेक्सनले बनेको हुँदा यिनीहरु छोटो समयमा नै बलियोसँग जोडिन्छन्।
मंगलमको वायरसेफ पाइपहरू १.३ मिमि देखि २.७ मिमिसम्मको मोटाइमा उपलब्ध छन्। यो लाइट, मेडियम र हेभी रेन्जमा २० देखी ३२ मिमि मोटाइमा उपलब्ध छ। यसको पाइप्स र फिटिङ्सहरू आइएस ९५३७:३ मापदण्ड अनुसार बनाइएको छ। यस्तै टिकाउ, भरपर्दो, मजबुत र आगो प्रतिरोधी भएका कारण मंगलम पाइप्स सही भएकाे कम्पनीकाे दाबी छ।