काठमाडौं। फिफा विश्वकप फुटबलका पारखीहरू खेल सुरू हुने दिनकाे प्रतिक्षामा छन्। कतारमा हुन गइरहेकाे विश्वकप २०२२ खेलका लागि विश्वव्यापी मात्र नभएर नेपाली प्रशंसकहरू हरियो मैदानमा देखिने जादुमयी खेलको प्रत्यक्षदर्शी बन्नका लागि आतुर छन्।
विश्वव्यापी लोकप्रियता बोकेको विश्वकप फुटबल प्रतियोगितालाई उत्सवमय बनाउन लक्ष्मी बैंकले 'सेभ लाइक अ च्याम्पियन (बचत गरों, च्याम्पियन बनौं)' अभियान सञ्चालन गर्ने भएकाे छ।
बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ एक नयाँ योजना 'सेभ लाइक अ च्याम्पियन (बचत गरों, च्याम्पियन बनौं)' सञ्चालन गर्ने भएको हाे।
बैंकका अनुसार अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवर्द्धन एवं प्रोत्साहन गर्ने लक्ष्य छ।
यस अवधिमा बचत गर्ने निश्चित बचतकर्तालाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिंङ प्याकेज (बैंकको मोबाइल बैंकिंङ र इन्टरनेट बैंकिंङ, डिम्याट खाता, मेरो सेयर, भाइबर बैंकिंङ, इमेल समाधान) र खुत्रुक्के लगायतका आकर्षक उपहार प्रदान गरिनेछ। बचत खाताका अफरहरुका साथै, ग्राहकले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्नेछन्।
अभियान नोभेम्बर २० देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुनेछ।