हामीलाई कुनै पनि निर्णय गर्न मुख्य दुई कुरा आवश्यक हुन्छ। एक अख्तियारी र अर्काे सूचना। हामी हरेक दिन धेरै विषयमा बहस, विवाद र मन्थन गर्छाैं तर, निर्णय उसैले गर्छ जोसँग निर्णय गर्ने अख्तियारी हुन्छ। निर्णय गरेरमात्र पनि केही हुँदैन। कुनै पनि काम सहजसाथ फत्ते गर्न सही निर्णय चाहिन्छ।
सही निर्णय गर्न अख्तियारी भएरमात्रै पनि पुग्दैन र उसलाई सूचनाको आवश्यकता पर्छ। सम्बन्धित विषय विशेषको अध्ययन र अनुभव भएको व्यक्ति जोसँग सही सूचनाको जानकारी र सूचनामा पहुँच छ उसले मात्र सही निर्णय गर्नसक्छ।
सही सूचना वा सही जानकारी विगतमा भएको घटना वा परिस्थितिको दृष्टान्तबाट पनि लिने गरिन्छ। तर, त्यो सधैं सान्दर्भिक नहुन सक्छ। तथ्यांक, सूचना र जानकारीको आवश्यकता र प्रयोगबारे पूर्णजानकार भएको अवस्थामा मात्रै सही निर्णय हुनसक्छ।
सबैभन्दा पहिले सूचना र तथ्यांकबारे बुझ्नुपर्छ वा तथ्यांक र सूचनाबीचको भेद छुट्ट्याउन सकियो भने निर्णय यथार्थपरक बन्न सहयोग मिल्छ। तथ्यांक तथ्यहरूको संकलन हो भने सूचना तथ्यहरूको सान्दर्भिक प्रस्तुतिकरण हो। तथ्यांक संगठित नहुन सक्छ र आफैंले बुझ्नुपर्ने वा व्याख्या गर्नुपर्ने हुनसक्छ तर, सूचना बुझ्नका लागि सरल हुनुपर्छ। तथ्यांकमा सूचना भर परेको हुँदैन तर, सूचना भने तथ्यांकमा भर परेको हुन्छ। तथ्यांक अंकमा हुन्छ तर, सूचना शब्दमा। निर्णय लिन तथ्यांक पर्याप्त हुँदैन तर, तथ्यांकका आधारमा बनेको सूचनाले सही निर्णय लिन सहयोग पु¥याउँछ।
तथ्यांक र सूचनाबारे कुरा गर्दै गर्दा अनुसन्धान क्षेत्रमा काम गर्ने गरी स्थापित ‘फ्याक्ट्स नेपाल’ सुरु गर्दाताकाको एउटा अनुभव काम लाग्न सक्छ। विदेशमा रहेका केही नेपाली युवाले केही लगानी संकलन गरेर नेपालमा नयाँ किसिमको व्यवसाय गर्ने निधो गरे। उनीहरूले २ करोड रुपैयाँजति लगानीमा काठमाडांै उपत्यकामा विज्ञान अध्यापन गराउने कलेजहरूमा विज्ञान ल्याबका लागि आवश्यक भ्यागुता आपूर्ति गर्ने व्यावसायिक योजना अघि सारे।
त्यतिबेला फ्याक्ट्स नेपालले अनुसन्धान गरेरमात्र व्यवसाय गर्न सुझाव दियो। त्यसैअनुरूप अध्ययन गर्दा थाहा भयो कि भ्यागुता वन्यजन्तु वर्गमा पर्ने भएकाले व्यापारिक कारोबार गर्न नमिल्ने रहेछ। यदि त्यो समूहले अध्ययन अनुसन्धान नगरी भ्यागुगता व्यापार सुरु गरेको भए सबै लगानी जोखिममा पर्न सक्थ्यो।
त्यतिबेला फ्याक्ट्स नेपालले अनुसन्धान गरेरमात्र व्यवसाय गर्न सुझाव दियो। त्यसैअनुरूप अध्ययन गर्दा थाहा भयो कि भ्यागुता वन्यजन्तु वर्गमा पर्ने भएकाले व्यापारिक कारोबार गर्न नमिल्ने रहेछ। यदि त्यो समूहले अध्ययन अनुसन्धान नगरी भ्यागुगता व्यापार सुरु गरेको भए सबै लगानी जोखिममा पर्न सक्थ्यो।
बजार तयार नभई ल्याइएका कतिपय सेवा तथा वस्तु बजारले नस्विकारेको र लगानी डुबेको सुनिएकै छ। त्यसैले कुनै पनि नयाँ काम गर्नुअघि अध्ययन र अनुसन्धान अति आवश्यक हुन्छ। नेपालमा करिब पाँच वर्ष स्नातक र स्नातोकत्तर तहमा अध्यापन गराउँदाको अनुभवमा ५० प्रतिशतले उद्यमशिलता भनेको जोखिम लिनु हो भन्ने मानेका छन्। उद्यमशिलतामा जोखिम हुन्छ तर, उद्यमशिलता भनेको जोखिम लिनु होइन र उद्यमशिलतामा हुने जोखिमलाई अनुसन्धान, तथ्यांक र सूचनाका आधारमा हुने रणनीतिक निर्णयले बचाउँछ।
भनिन्छ, तथ्यांक भनेको नयाँ इन्धन हो। आजभन्दा १ सय वर्षअघि जन्मिएका पुस्ताका लागि सूचनाभन्दा अवसर महत्वपूर्ण थियो। ५० वर्ष पहिले जन्मिएका पुस्ताका लागि अवसर र सूचना दुवै महत्वपूर्ण भयो भने २० वर्ष पहिले जन्मिएका पुस्ताका लागि सूचना अवसरभन्दा पनि विश्लेषण महत्वपूर्ण हुन थालेको छ।
अब पस्किने कुनै पनि सूचना तार्किक र तथ्यमा आधारित छैन भने त्यसले केही काम गर्ने देखिँदैन। अर्थात, २४ वर्षको युवालाई २०७९ मंसिरको निर्वाचनमा २००७ सालको कथा सुनाएर कतै छुनेवाला छैन।
एक दशक अघिसम्म बजार अनुसन्धानसम्बन्धी प्रस्ताव लिएर व्यवसायीकहाँ जाँदा अहिलेसम्म त केही अनुसन्धान नगरेर यहाँसम्म आएँ, यतिसम्म बनाएँ, अब किन चाहियो? भन्थे। तर, अपवादबाहेक कुनै व्यवसाय सुरु गर्नुअघि वस्तुस्थिति अध्ययन गर्ने प्रचलन विकास हुँदै गएको पाइन्छ। अर्थात, नेपाली व्यवसायीहरूमा नयाँ पुस्ता आगमनसँगै तथ्य र विश्लेषणका आधारमा व्यावसायिक निर्णय लिने संस्कार बढ्दै गइरहेको छ।
पछिल्ला दिनमा बिग डाटा भन्ने शब्द निकै नै प्रचलनमा रहेको पाइन्छ। बिग डाटा भनेको यस्तो तथ्यांक हो जुन संख्या वा आकारका हिसाबले धेरै ठूलो हुन्छ तर, संगठित स्वरूपमा हुँदैन। जसबाट धेरै सूचना निकाल्न सकिन्छ। जस्तै, नेपालमा १ करोड ८३ लाखवटा मोबाइल बैंकिङ खाता छ, यो सामान्य तथ्यांक हो। मोबाइल बैंकिङ खाता खोेल्ने बेला सबैले दिएको सम्पूर्ण जानकारी बिग डाटा हो।
बिग डाटाबाट खोतलेर सबै ग्राहकमध्ये कतिले मोबाइल बैंकिङ सेवा प्रयोग गरेका छन् र उनीहरूको व्यवहार कस्तो छ भनेर बुझ्नु र व्यावसायिक प्रयोगका लागि रणनीति बनाउनु बिग डाटाको उपयोग हो। बिग डाटाको प्रयोग गर्ने पोख्त संस्थाका रूपमा ‘अमेजन’ लाई लिन सकिन्छ।
बिग डाटाबाट खोतलेर सबै ग्राहकमध्ये कतिले मोबाइल बैंकिङ सेवा प्रयोग गरेका छन् र उनीहरूको व्यवहार कस्तो छ भनेर बुझ्नु र व्यावसायिक प्रयोगका लागि रणनीति बनाउनु बिग डाटाको उपयोग हो। बिग डाटाको प्रयोग गर्ने पोख्त संस्थाका रूपमा ‘अमेजन’ लाई लिन सकिन्छ।
बिग डाटा प्रयोगको अर्काे उदाहरण विश्वकाा २८ देशमा २० हजारभन्दा धेरै शाखा रहेको वालमार्टलाई पनि लिन सकिन्छ। वालमार्टले विश्वबजारमा बिग डाटाको सन्दर्भ सुरु हुनुभन्दा पहिलेदेखि बिग डाटा प्रयोग गर्न थालिसकेको मानिन्छ। कुन सामान कहाँ राख्ने र वेबसाइटमा कुन सामान कसरी ‘डिस्प्ले’ गर्ने भन्ने कुरा पनि बिग डाटाको प्रयोग हो। ‘उबर’ ले कुन बेला भाउ बढाउने र ‘नेटफ्लिक्स’ ले कुन महिनामा कुन देशलाई लक्ष्य गरी कुन किसिमको ‘फिल्म रिलिज’ गर्ने भन्ने निर्णय पनि बिग डाटाको खेल हो।
तथ्यांकको महत्व के हो?
तथ्यांकले आफैंमा थोरै वा कुनै पनि मूल्य प्रदान गर्दैन अर्थात तथ्यांकमात्रले केही व्यक्त गर्न सक्दैन। बिनाविश्लेषण तथ्यांक आफैंमा महत्वहीन छ। तर, यसबाट उत्पादन हुने सूचना महत्वपूर्ण हुन्छ। तथ्यांकमा काम गर्ने संस्था वा व्यक्तिले तथ्यांक विश्लेषणमार्फत सूचनाको मूल्य फेला पार्दछन्। जुनसुकै निर्णयले सम्बन्धित विषयका मूल्यमा फरक ल्याउने हो र तथ्यांकका आधारमा गरिने निर्णयले त्यसको मूल्य थप्न मद्दत गर्नसक्छ।
जस्तै, व्यापार समस्या समाधान गर्न वा प्रक्रिया सुधार गर्न। डाटाकै माध्यमबाट व्यापारीलाई सही निर्णय गर्न सक्षम बनाउँछ। व्यापारलाई सुव्यवस्थित सञ्चालन गरी बलियो ग्राहक सम्बन्ध बनाउनेले नै व्यापारमा वृद्धि प्रदर्शन गर्नसक्छ। हिजोआज तथ्यांकको सम्बन्ध केवल व्यापारसँग मात्र छैन। निर्वाचन, राजनीति, स्वास्थ्य र सामाजिक समस्या समाधान गर्न पनि तथ्यांकले धेरै नै भूमिका खेलेको हुन्छ।
काठमाडौंको ट्राफिक व्यवस्थापनमा राति हुने दुर्घटना नियन्त्रणका लागि ‘मापसे’ (मादक पदार्थ सेवन) जाँच, राति ८ बजे पहिले ट्रिपरलाई चक्रपथभित्र निषेध गरिएको र बिहान ९ बजेभन्दा पहिले नै विद्यालयका सवारीसाधन विद्यालय परिसर छिरिसक्नुपर्ने मापदण्ड तथ्यांकको विश्लेषणपछि कार्यान्वयनमा आएको हो।
नेपाल प्रहरीले ‘मुस्कानसहितको सेवा’ भनेर सुरु गरेको अभियान होस् वा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको चुनावी अभियान नै किन नहोस्, तथ्यांक र तथ्यांकका आधारमा लिएका निर्णयका उपज हुन्।
अभ्यास र आवश्यकता
नेपालमा अझै पनि अनुसन्धान र तथ्यांक सरकारको प्राथमिकतामा परेको देखिन्न। भर्खरैमात्र राष्ट्रिय योजना आयोगअन्तर्गत रहेको केन्द्रीय तथ्यांक विभागलाई फरक तरिकाले चलाउने उद्देश्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत लगिएको छ।
विगतमा विदेशी अनुदानका भरमा कर्मकाण्डी तरिकामा चलेको तथ्यांक विभागले सामाजिक, राजनीतिक र सार्वजनिक विषयसँग सम्बन्ध राख्ने कुराको सम्बन्धमा गरिने हरेक अनुसन्धानले अनुमति प्राप्त गर्नुपर्ने कठोर नियम लागू गरेको छ।
नेपालमा रहेका विदेशी वस्तु तथा सेवा प्रदायक संस्था एनसेल, कोकाकोला, डाबरलगायतले आफ्ना लागि आवश्यक राणनीति बनाउन अनुसन्धानमा निकै ठूलो धनराशी खर्च गर्दछन्। तर, नेपाली संस्थामा अझै पनि त्यो अभ्यास पाइन्न।
नेतृत्व रणनीतिमा काम गर्ने एक अमेरिकी लेखक जोन म्याक्सवेलले आफ्नो पुस्तक ‘द पिपल्स पर्सन’ मा एउटा कथा लेखेका छन् : एउटा रुखको फेदमा एक दम्पती बस्थे, उनीहरू गरीब थिए र जीविकोपार्जनका लागि कुखुरा पाल्थे। हरेक वर्ष बाढी आउँथ्यो र कुखुरा बगाएर लान्थ्यो। श्रीमान आजित भएर श्रीमतीकोमा पुगे र भने– ‘म त हारेँ, वर्षभरि मिहिनेत ग¥यो, बाढी आएर कुखुरा सबै बगाउँछ। न यो जग्गा कसैले किन्छ, न अर्काे ठाउँ घर बनाउने पैसा छ।’ त्यसपछि श्रीमतीले भनिन्– ‘कुखुराको सट्टा हाँस पालौं। समस्या समाधान हुन्छ।’ अनुसन्धान, तथ्यांक र सूचनाका आधारमा गरिने निर्णयले जोकोहीलाई गल्ती दोहो¥याउनबाट रोक्छ र विधि विकासमा सघाउँछ।