काठमाडौं । सिजी इलेक्ट्रोनिक्स तथा सिजीअन्तर्गतको सिजी मेरिडियाले जाडो मौसमको समयमा ग्राहकहरूलाई उपयुक्त हुने नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरू बजारमा ल्याएको छ। सिजीका अत्याधुनिक सामग्रीहरूका साथ जाडोको मौसममा चिसोलाई टाढा राख्न सजिलो हुने कम्पनीले विश्वास राखेको छ।
यस चिसो मौसमलाई मध्यनजर गर्दै सिजीले विभिन्न उत्पादनहरू इलेक्ट्रिक केटल, गिजर, हिटर, एसी, थर्मस, डिस्पेन्सर, वाशिङ मेशिन तथा माइक्रोवेभ ओभनहरू जस्ता अन्य थुप्रै सामाग्रीहरूमा नयाँ लाइनअपहरू थप्दै उत्कृष्ट प्रोडक्टहरूमा ग्राहकको पहुँच अझै बढाएको बताएको छ।
त्यस्तै, ग्राहकको खरिद प्रक्रियामा थप विकल्प पनि प्रदान गरेको छ। चिसो मौसममा चिसो पानीले लुगा धुनबाट बच्न सिजी वाशिङ मेशिन, चिसो भएको खानेकुरा शीघ्र नै तताउन सिजी माइक्रेवेभ ओभनको उपयोग गर्न सकिने कम्पनीले बताएको छ।
त्यसैगरी, कोठाहरुलाई न्यानो राख्न अत्याधुनिक एसी लगायत विभिन्न प्रकारका ओएफआर तथा ह्यालोजिन हिटर, पिटिसी फ्यान हिटर, कार्बन हिटर, ग्यास तथा इलेक्ट्रक हिटर तथा फ्यान हिटरहरू उपलब्ध छन्।
जाडो मौसममा तातो पानीले नुहाउन विभिन्न किसिमका इलेक्ट्रक गिजर तथा ग्यास गिजर उपलब्ध छन्। कम्पनीका अनुसार तातो पानी पिउनका लागि विभिन्न डिजाइनका डेस्कटप तथा स्ट्यान्डिङ डिस्पेन्सर उपलब्ध छन् भने पानी तातो बनाइ राख्न २।० लिटरदेखि ३।२ लिटरसम्मको क्षमता भएको प्लास्टिक तथा स्टीलका थर्मस उपलब्ध छन्।
साथै, पानी उमाल्नकै लागि वाटर बोइलर लगायत हटपट तथा केटल पनि उपलब्ध रहेको कम्पनीले बताएको छ।