काठमाडौं। नेपाली बजारमा आधाकारिक रूपमा टेक्नो स्पार्क ८सी सार्वजनिक भएको छ। टेक्नो स्पार्क ८सी कम्पनीले यस वर्ष सार्वजनिक गरेका धेरै स्मार्टफोनहरूमध्ये एक फोन हो। यो एक आकर्षक डिजाइनको साथमा आएको छ। यो फोन अगाडि ग्लास, प्लास्टिक ब्याक र प्लास्टिक फ्रेम बिल्डको साथमा आउँछ।
टेक्नो स्पार्क ८सी फोनको पछाडिको प्यानलमा माथिदेखि तलसम्म ठूलो ‘स्टप एट नथिङ’ लेखिएको ठाडो बनावट डिजाइन छ। यस फोनमा क्यामेरा मोड्युल पनि ठूलो छ र दुइटा क्यामेरा सेन्सर, एउटा एलइडी फ्ल्यास र फिंगरप्रिन्ट सेन्सर पनि छ।
टेक्नो स्पार्क ८सी ले ९मिमी मोटाइ मापन गर्छ भने फोनको वास्तविक वजन खुलाइएको छैन। यो टर्कोइज, म्याग्नेट ब्ल्याक, आइरिस पर्पल र डायमण्ड ग्रे कलरहरुमा उपलब्ध छ। फोनको पछाडि १३ एमपी प्राथमिक क्यामेरा छ।
त्यस्तै यसमा अगाडि एक ८एमपी सेल्फी सुटर छ, जुन रात वा कम प्रकाश अवस्थाहरूमा पनि उज्यालो तस्बिरहरूका लागि एलइडी फ्ल्यासको साथ आउँछ।
टेक्नो स्पार्क ८सी एन्ड्रोइड ११ (गो संस्करण) मा आधारित एचआईओएस ७.६ मा चल्छ। फोन ५,००० एमएएच नन रिमुभेबल लि–पो ब्याट्रीद्वारा समर्थित छ। फोनले १० वाट चार्जर मात्र पाउँछ। फोनले ४जी नेटवर्क जडानको साथ डुअल सिम समर्थन गर्दछ।
त्यसैगरी, यसमा जीपीएस सपोर्ट, एनएफसी सपोर्ट, एफएम रेडियो र वायरलेस पेयरिङका लागि ब्लुटुथ पनि छ। टेक्नो स्पार्क ८सी को ३/६४ जीबी भेरियन्टको मूल्य १४ हजार ९ सय ९० रुपैयाँ छ।