काठमाडौं। सञ्चालनमा रहेका १९ निर्जीवन बिमा कम्पनीले कुल ११ अर्ब रूपैयाँ बिमा शुल्क आर्जन गरेका छन्। कम्पनीले असोज महिनासम्ममा १० अर्ब ८४ करोड रूपैयाँ आर्जन गरेका हुन्।
कम्पनीले एक महिना अर्थात् असोज महिनामा मात्र २ अर्ब ९६ करोड रूपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेका छन्। सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनीले १ अर्ब २६ करोड ४५ लाख रूपैयाँ आर्जन गरेको छ।
बिमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार सगरमाथा इन्स्योरेन्सले ८५ करोड २१ लाख रूपैयाँ, नेको इन्स्योरेन्सले ८२ करोड ८४ लाख, सिद्धार्थ इन्स्योरेन्सले ७६ करोड ८५ लाख रूपैयाँ, एनएलजी इन्स्योरेन्सले ६१ करोड ०८ लाख रूपैयाँ, प्रिमियर इन्स्योरेन्सले ५६ करोड ९८ लाख रूपैयाँ र आईएमई जनरल इन्स्योरेन्सले ४४ करोड ९० लाख रूपैयाँ आर्जन गरेका छन।
त्यस्तै, हिमालयन एभरेष्टले ७३ करोड ३४ लाख रूपैयाँ, अजोड इन्स्योरेन्सले ४६ करोड ८ लाख रूपैयाँ, युनाइटेड इन्स्योरेन्सले ३२ करोड ३१ लाख रूपैयाँ, नेपाल इन्स्योरेन्सले ४३ करोड ७६ लाख रूपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ५० करोड २४ लाख रूपैयाँ, प्रभु इन्स्योरेन्सले ४१ करोड २९ लाख रूपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ३९ करोड ६४ लाख रूपैयाँ र प्रुरुडेन्सियल इन्स्योरेन्सले ३५ करोड १८ लाख रूपैयाँ बिमा शुल्क आर्जन गरेका छन्।
साथै, जनरल इनस्योरेन्सले २५ करोड १८ लाख रूपैयाँ, सानिमा जनरलले २८ करोड ३६ लाख रूपैयाँ र नेसनल इन्स्योरेन्सले ३२ करोड ८३ लाख रूपैयाँ आर्जन गरेका छन्।