काठमाडौं। हिजोआज हरेक मानिसका हातमा स्मार्टफोन हुन्छ। पछिल्लाे समय मानिसलाई स्मार्टफोन महत्वपूर्ण अंग बनेको छ। धेरैले फाेनबाट आफ्ना महत्वपूर्ण काम गर्छन्।
मानिसले आवश्यकता र अवस्थाअनुसार स्मार्टफोन किन्ने वा बोक्ने गर्छन्। स्मार्टफोन कम्पनीले पनि ग्राहकका आवश्यकता र रूचीका आधारमा फोन बजारमा ल्याउँछन्। जसअनुसार स्मार्टफोन कम्पनीबीच प्रतिस्पर्धा बढ्दाे छ। तीव्र प्रतिस्पर्धाका कारण धेरै कम्पनीका फाेन बजारमा सहज उपलब्ध छन्। विभिन्न मूल्यका फाेन बजारमा उपलब्ध छन्। तर, यहाँ २० हजारसम्मका उत्कृष्ट स्मार्टफोनकाे चर्चा गरिएकाे छ :
रेड्मी-१०
बजारमा उपलब्ध २० हजार मूल्यसम्मका स्मार्टफोनमध्ये रेड्मी-१० एक आकर्षक फोन हो। लगभग २०३ ग्राम तौल र ९.१३ एमएम मोटाइको यो फोन एक न्यूनतम डिजाइनमा आउँछ। रेड्मी-१० कf पछाडि ५० एमपी क्यामेरा छ भने साथमा २ एमपी डेप्थ सेन्सर छ।
यसमा ४ lजबी र्याम र ६४ जिबी आन्तरिक भण्डारण छ। मेमोरी विस्तारका लागि एक समर्पित कार्ड स्लट छ। ६००० एमएएच नन रिमुभेबल लि-पो ब्याट्री भएकाे फाेनले १८ वाट द्रुत चार्जिङलाई समर्थन गर्छ। यसको मूल्य १८ हजार ९ सय ९९ रूपैयाँ छ।
मोटो-ई४०
मोटोरोलाका स्मार्टफोन पनि बजारमा उपलब्ध छन्। मोटोरोलाको मोटो-ई४० एक सुन्दर डिजाइनमा उपलब्ध छ। यसको तौल लगभग १ सय ९८ ग्राम छ भने ९.१ एमएम माेटो छ। ४८ एमपी प्राइमरी क्यामेरामा केही आधारभूत २ एमपी डेप्थ र म्याक्रो सेन्सर छ।
अगाडि फोटो र भिडियोका लागि ८ एमपी क्यामेरा उपलब्ध भएकाे यस फाेनकाे आधारभूत ४ (जिबी र्याम र ६४ जिबी) आन्तरिक भण्डारण विकल्पमा पनि उपलब्ध छ। भण्डारण विस्तार गर्न यसमा समर्पित मेमोरी कार्ड स्लट छ। यसबाहेक ५००० एमएएच ब्याट्री जडित छ तर, यसले छिटो चार्जिङलाई भने समर्थन गर्दैन। यसको मूल्य १८ हजार ९ सय ९९ रूपैयाँ छ।
साओमी पोको एम-५
साओमीको स्मार्टफोन पोको एम-५ पोको सिरिजबाट २० हजारभन्दा कम बजेटमा पाइने स्मार्टफोनमध्ये एक हो। ६.५८ इन्चको आइपिएस एसिडी डिस्प्ले भएकाे यस फाेनमा चार क्यामेरा छन्।
पछाडिको ५० एमपी प्राइमरी क्यामेरामा २ एमपी म्याक्रो र डेप्थ सेन्सर भएकाे याे फाेनकाे अगाडि एउटा ८ एमपी क्यामेरा सेन्सर छ। यसमा ४ जिबी र्याम र ६४ जिबी आन्तरिक भण्डारण छ। एक कार्ड स्लट पनि छ। यसको ५००० एमएएच ब्याट्री छ र यसले १८ वाट छिटो चार्ज दिन्छ। साओमी पोको एम-५ (४–६४ lजबी) को मूल्य १९ हजार ९ सय ९९ रूपैयाँ छ।
इन्फिनिक्स हट १२ प्रो
इन्फिनिक्सले पनि बजारमा विभिन्न स्मार्टफोन ल्याएकाे छ। ‘इन्फिनिक्स हट १२ प्रो’ कम्पनीको पछिल्लो हट प्रो शृङ्खलाका धेरै मोडलमध्ये एक हो। यसको वजन लगभग १ सय ९१ ग्राम छ र मोटाइ ८.४२ मिलिमिटर छ।
क्यामेरामा डुअल क्यामेरा सेटअपमा ५० एमपी प्राथमिक सेन्सर भएकाे यस फाेनकाे अगाडि एउटा ८ एमपी सेल्फी सुटर छ। यसमा रहेका क्यामेराहरू १०८० पिक्सेल रिजोलुसनका भिडियो खिच्न सक्षम छन्।
६ जिबी र्याम र ६४ जिबीको आन्तरिक भण्डारण भएकाे याे फाेनमा प्रयोगकर्ताले मेमोरी विस्तार गर्न चाहे यसमा एक स्लट पनि छ। यसमा ५००० एमएएच ब्याट्री छ र १८ वाट फास्ट चार्जर छ। इन्फिनिक्स हट १२ प्रो को ६-६४ जिबी भेरिएन्टको मूल्य १९ हजार ८ सय ९९ रूपैयाँ छ।
सामसङ ग्यालेक्सी ए०४एस
‘सामसङ ग्यालेक्सी ए०४एस’ सामसङको पछिल्लो रिलिज हो। यसको वजन १ सय ९५ ग्राम र मोटाइ ९.१० एमएम छ। यसमा रहेको ६.५ इन्चको एलसिडी डिस्प्लेले ९० हर्ज रिफ्रेस रेट समर्थन गर्छ। सामसङ ग्यालेक्सी ए०४एस ट्रिपल क्यामेरा सेटअपका साथमा आउँछ।
यसमा ५० एमपी प्राइमरी क्यामेरामा २ एमपी म्याक्रो र डेप्थ सेन्सर छन्। अगाडि भने ५ एमपी सेन्सर छ। ४ जिबी र्यामकाे यो फोनमा ६४ जिबी देखि १ सय २८ lजबी आन्तरिक भण्डारण छ। यसमा ५००० एमएएच ब्याट्री छ जसले १५ वाट फास्ट चार्ज प्राप्त गर्छ। सामसङ ग्यालेक्सी ए०४एस (४-६४ जिबी भेरिएन्ट) को मूल्य १९ हजार ९ सय ९९ रूपैयाँ छ।
माइक्रोम्याक्स ईन नोट १
‘माइक्रोम्याक्स ईन नोट १’ स्मार्ट फोन ४ जिबी र्याम मेमोरी कन्फिगरेसनमा ६४ जिबी वा १ सय २८ जिबी भण्डारण विकल्प उपलब्ध छ। यसको यन्त्रले पछाडि ट्रिपल क्यामेरा सेटअप प्रदान गर्दछ जसमा ५० एमपी प्राथमिक लेन्स, २ एमपी म्याक्रो सेन्सर र २ एमपी पोर्ट्रेट सेन्सर छ।
स्मार्टफोनमा १८ वाट फास्ट चार्जिङ सपोर्टसहितको ६००० एमएएच ब्याट्री, रियर माउन्ट गरिएको फिंगरप्रिन्ट स्क्यानर, ब्लुटुथ ५.०, ४ जी नेटवर्क, युएसबी टाइप-सी पोर्ट, ३.५ एमएम हेडफोन ज्याक आदि समावेश छन्। नेपालमा माक्रोम्याक्स ईन नोट १ (४-६४ जिबी) को मूल्य १९ हजार ४ सय ९९ रहेको छ।
रियल्मी नार्जो ५०ए प्राइम
‘रियलमी नार्जो ५०ए प्राइम’ ६.६ इन्च आकर्षक एलसिडी डिस्प्लेसाथ आउँछ। यसको वजन लगभग १ सय ८९ ग्राम छ र मोटाइ ८.१० एमएम छ। याे ट्रिपल क्यामेरा सेटअपसाथ आउँछ।
यसमा पछाडिको ५० एमपी प्राइमरी क्यामेरामा २ एमपी म्याक्रो र ०.३ एमपी डेप्थ सेन्सर छ। अगाडि एउटा ८ एमपी सेल्फी सुटर छ। यो एक मानक ४ जिबी र्यामसाथ ६४ जिबी वा १ सय २८ जिबी आन्तरिक भण्डारणसाथ आउँछ।
भण्डारण विस्तारका लागि यसमा कार्ड स्लट पनि छ। यसमा १८ वाट फास्ट चार्जरको साथ ५००० एमएएच ब्याट्री ब्याकअप छ। यसमा (४-६४ जिबी) भेरिएन्टको मूल्य २० हजार २ सय ९९ रूपैयाँ छ।