काठमाडाैं । यो साता कारोबारको पहिलो दिन आइतबार उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अंकको गिरावट देखिएको छ ।
सोमबार परिसूचक ६ दशमलव ४३ अंकले घटेर एक हजार ९ सय ५८ दशमलव ९४ बिन्दुमा कायम भएको हो । आज २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३ सय ८५ रूपैयाँ बराबरको ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आज व्यापार, जीवन बिमा, म्युचुअल फन्ड, लगानी र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक ४६ दशमलव एक अंकले बढेको छ भने व्यापार समूहको उपसूचक तीन दशमलव २५ अंकले बढेको छ ।
त्यस्तै, सबैभन्दा ठूलो अंकको गिरावट निर्जीवन बीमा समूहको उपसूचकमा देखिएको छ । निर्जीवन बिमाको उपसूचक ८१ दशमलव १५ अंकले घटेको छ । त्यसैगरी, उत्पादन समूहको ६६ दशमलव ९९, विकास बैंक समूहको ३९ दशमलव ५४ र लघुवित्त समूहको उपसूचक २१ दशमलज ५२ अंकले घटेको नेप्सेले जनाएको छ ।
बैंकिङ समूह ३ दशमलव ९९, होटल तथा पर्यटन समूह एक दशमलव ८३, जलविद्युत् समूह ६ दशमलव ४, र वित्त समूह नौ दशमलव ७४ अंकले घटेको छ ।
आजको कारोबारमा धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ८ दशमलव १३ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ करोड १६ लाख १३ हजार १ सय ६३ रूपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको २ लाख ३५ हजार २ सय ४३ कित्ता सेयर खरिद बिक्री भएको छ ।