काठमाडौं। नेपाली बजारमा ताइवानी कम्पनी असुसले क्रिएटर सिरिजअन्तर्गत दुइटा नयाँ ल्यापटप सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार एक कार्यक्रमकाबीच फल्यागशिप जेनबुक फोल्ड र जेनबुक प्रो १४ डुओ ओएलइडी सार्वजनिक गरेको हो।
क्रियटर, डिजाइनर, भ्लगर र आर्टिस्टहरूको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै यी डिभाइसहरूलाई नवप्रवर्तनात्मक डिजाइन तथा ‘कटिङ–एज’ प्रविधिमा तयार पारिएको कम्पनीले जनाएको छ।
जेनबुक प्रो १४ डुओ ओलेडको मूल्य तीन लाख ८८ हजार ८ सय ८८ रूपैयाँबाट र जेनबुक १७ फोल्ड ओलेडको मूल्य पाँच लाख ५५ हजार ५ सय ५५ रूपैयाँबाट सुरू हुन्छ।
जेनबुक १७ फोल्ड ओएलइडी (युएक्स ९७०२) मा ३२ जीबीसम्मको एलपीडीडीआर ५ र्याम तथा ५१२ जीब-१ टीबी पीसीआइइ जेन ४..०४ पर्फर्मेन्ससहितको एसएसडी स्टोरेज पाउन सकिन्छ। जेनबुक १७ फोल्ड ओएलइडीमा १७.३ इन्चको फोल्डेबल ओएलइडी टचस्क्रिन रहेको छ। जुन फोल्ड गर्दा छिनको छिनमै १२.३ इन्चको ठिक्कको ल्यापटप आकारमा परिणत हुन्छ।
यसमा अलग्याउन मिल्ने असुस इगोरसेन्स ब्लुटुथ किबोर्ड समेत रहेको छ। ल्यापटपमा हर्मन कार्डनबाट प्रमाणित चार ओटा स्पिकर सहित डल्बी अटमस अडियो सिस्टम छ। यसमा पाँच मेगापिक्सेलको क्यामेरा युक्त एआई वेबक्यामका साथै फेस लगइनका लागि एचडी आइआर क्यामेरा दिइएको छ।
त्यस्तै जेनबुक प्रो १४ डुओ ओएलइडी ल्यापटपको तौल १.७ केजी रहेको छ भने यो १७.९ एमएम पातलो छ। नयाँ असुस जेनबुक प्रो १७ डुओ ओएलइडीमा ‘नेक्स्ट–जेनेरेसन’ स्क्रिन प्याड फिचरसहितका दुइटा शक्तिशाली तथा कम्प्याक्ट स्क्रिन रहेका छन्।
यसमा स्टुडियोस्तरको भिजुअलका लागि ल्यापटपमा २.८ के ओएलइडी एचडीआर १६ः१० युक्त मुख्य डल्बी भिजन टच स्क्रिन, १२० हर्जको रिफ्रेश रेट, प्यानटोनबाट प्रमाणित कलर एक्युरेसी र ‘सिनेमा–ग्रेड’ १०० प्रतिशत डीसीआई–पी३ ग्यामुट लगायतका फिचर उपलब्ध रहेका छन्।
साथै यसमा चार ओटा थन्डरबोल्ट पोर्ट (४०जीबीपीएस डेटा, १०० वाट पावर र फोरके एक्सटर्नल डिस्प्ले), यूएसबी ३.२ जेन २ (टाइप–ए), एचडीएमआई २.१, माइक्रोएसडी एक्सप्रेस ७.० र ३.५ एमएम कम्बो अडियो ज्याकसहित आएको छ। असुस जेनबुक प्रो १४ डुओमा १८० वाट फास्ट चार्जिङसहितको ७६ वाट आवरको ठूलो ब्याट्री राखिएको छ।