काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो' योजनाअन्तर्गत दोस्रो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ।
कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना गुरूङले १ तोला सुन जित्न सफल भएकी छन्। सोही योजनाअन्तर्गत असोज १२ देखी कार्तिक १५ गते सम्म दोस्रो चरणको अन्य पाँच जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जित्न सफल भएका छन्।
साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रबिन्द्र मानन्धर, कुवेतबाट सुनिता दराई, ईराकबाट सुशिला तामाङ साथै कुवेतबाट रेमिटान्स पठाउने हसन मोहम्मद नाउ गरी ५ जनाले १०/१० तोला चाँदी जित्न सफल भएका छन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीको महान चाड २०७९ सालको दसैं, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ६३ दिन सम्म चल्ने 'विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो' उपहार योजना घोषणा गरेको थियो।
सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ।
कम्पनीका अनुसार यस 'विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो' अफर भदौ १५ गते देखि कार्तिक १५ गते सम्म चलेको हो। यो अवधिभरी सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका हुन्।
यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिएको हो। कम्पनीले अब छिट्टै ५ तोला सुन जित्ने बम्पर बिजेताको नाम पनि लक्की ड्र मार्फत घोषणा हुने जानकारी दिएकाे छ।