काठमाडौं । एनएमबी बैंकले ग्रिन फाइनान्सिङ, जलवायु फाइनान्सिङ र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युएसएआइडी ट्रेड एन्ड कम्पिटिटिभनेससँगको सम्झौता भएको छ ।
यस सहकार्यअन्तर्गत बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरु (एमएसएमइएस) का लागि वित्तीय पहुँच बढाउने बैंकले जनाएको छ । सो सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समुदायलाई ऐक्यबद्ध हुन प्रवर्द्धन गर्ने जनाएको छ ।
युएसएआइडी ट्रेड एन्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रूपले पिछडिएकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सिर्जनाका अवसरहरू बढाउनका लागि विश्वव्यापी पुँजीकरण एकीकृत गर्न सक्षम बनाउँछ र स्थिरतामा सघाउ पुर्याउँछ ।
एनएमबी बैंक विगत २६ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट 'क'वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।
बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।
एनएमबी बैंकले हाल देशभरि २ सय १ शाखा, १ सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।