काठमाडौं। स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी युआइ विजेटको क्रिएसन क्याम्पेन आयोजना गर्ने भएको छ।
विश्वभरका आफ्नो रियलमी फ्यानसँग मिलेर नयाँँ रियलमी युआइ विजेट सह सिर्जना गर्दै सिर्जनात्मक तरिकाले भौतिक संसार र डिजिटल संसारलाई जोड्ने उद्देश्यले क्याम्पेन गर्न लागेकाे आयोजक रियलमीले जनाएको छ।
क्याम्पेनमा एप डेभलपर, यु एक्स डिजाइनर एवम् स्मार्ट फोन कम्पनीमा काम गर्ने कर्मचारीदेखि लिएर सवसाधारणसमेत सहभागी हुन सक्नेछन्।
यसरी बनाइने नयाँँ विजेट भिन्न र कटिङ एज डिजाइनयुक्त मात्र नभै उपभोक्ताको दैनिक प्रयोगको लागि आवश्यक फंसनालिटी पनि समावेश गरिनेछ। साथै यसमा हरेक चोटी स्क्रिन अनलक गर्दा आवश्यक सुचना पनि प्रदान गर्ने गरी डिजाइन गरिने कम्पनीले जनाएको छ।
युआइ विजेटको मुख्य काम आवश्यक सूचना होम स्क्रिनमा सरल तरिकाले देखिने बनाउनु हो। त्यसैले यस सह सिर्जनात्मक कार्यमा रियलमीले सहभागीबाट रोचक र नवीन आइडियाको अपेक्षा गरेको छ।
यसका लागि होम स्क्रिनमा कुन विजेट राख्न चाहने हो, सो आइडिया प्रदान गने सकिन्छ। यसका लागि कात्तिक २९ गते दुई बजेसम्मको समय रहेका छ भने गरिएका आइडिया मंसिर २२ गते सर्वजनिक गरिने बताइएको छ।
को–क्रिएसन टेम्पेलेट डाउनलोड गरेर सोही टेम्पलेट अनुसार एन्ट्री र सम्बन्धित डिजाइन पूरा गर्नुपर्ने हुन्छ। जसमा पीडीएफ, डीओसी, डीओसीएक्स, पीएनजी, जेपीजी र जेपीइजी फर्म्याटका फाइल मान्य हुनेछन्।
यदि आइडिया मान्य भएको खन्डमा रियलमी जिटि नियो ३ र एक्स्क्लुसिभ कम्युनिटी ब्याज प्रदान गरिनेछ कम्पनीले जनाएको छ। त्यस्तै सहभागी सबैले नयाँँ रियलमी युआइ विजेटको अर्ली एक्सेस भर्जन प्रयोग गर्ने अवसर पाउनेछन्।