काठमाडौं । टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङले टाटा प्रोटेक्टअन्तर्गतका थप सेवा तथा सुविधाहरुको सुरू गरेको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरेर कम्पनीले सो सेवा घोषणा गरेको हो । अब टाटा प्रोटेक्टअन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्युइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पी, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी ८ प्रकारका सेवा तथा सुविधाहरु समावेश हुने छन् ।
मास्टर केयेर प्लसअन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा छन् जसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिनेछ । टाटा जेन्युइन पर्टस्अन्तर्गत सिप्रदी वर्कसपमा फेरीएका स्पेयर पार्टसहरुमा ६ महिना वा ५० हजार किमीसम्मको वारेन्टी सुविधा छ ।
एक्सप्रेस सेवाअन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्छ, नभएमा क्षतिपूर्तिको व्यवस्था कम्पनीले गर्नेछ । सन् २०१९ मा शुभारम्भ गरेको टाटा प्रोटेक्टका थप सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुने जनाइएको छ ।
कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त आफूहरुको प्रमुख व्यावसायिक लक्ष्य विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरु प्रदान गरेको बताए ।
उनले ग्राहकको आकांक्षा बमोजिम टाटा प्रोटेक्टअन्तर्गतका सेवा तथा सुविधाहरुले ग्राहकहरुलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्ने र ग्रहकहरुलाई ढुक्क भई आफ्नो व्यवसायमा ध्यान केन्द्रित गर्न सहयोग पुग्ने कुरामा विश्वस्त रहेको बताए ।
त्यस्तै टाटा मोटर्स का उपाध्यक्ष, इन्टरनेसनल बिजनेस एण्ड स्ट्राटेजी, कमर्सियल भेइकल बिजनेस अनुराग मेहरोत्राले टाटा मोर्टस आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको र टाटा प्रोटेक्ट विश्व बजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकहरुको सन्तुष्टिको स्तरमा वृद्धि भई गाडी बिक्री तथा प्रवर्द्धनमा पनि सहयोग मिलेको बताइन् ।
टाटा प्रोटेक्टका विस्तारीत सेवा तथा सुविधाहरुले गाडीको अपटाइम उच्च राख्ने, ग्रहकहरुको नाफामा समेत वृद्धि हुने र ग्राहकहरुले तनावमुक्त सेवा तथा सुविधाहरुको मज्जा लिने कुरामा विश्वस्त रहेको उल्लेख गरिन् ।