काठमाडौं । नेपाल वायुसेवा निगमले दिल्ली उडान रद्द गरेको विषयमा गल्ती स्वीकार गर्दै यात्रुसँग माफी मागेको छ। निगमको ३० र ३१ अक्टोबार २०२२को काठमाडौं दिल्ली उडान रद्द भएसँगै यात्रुसँग माफी मागेको हाे।
उडान तालिकानै स्वीकृत नगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई बोडिङ पास दिएको विषयमा आइतबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले २४ घन्टे स्पष्टीकरण मागेको थियो।
निगमले दिल्ली उडान विषेश कारणवश रद्द भएको र आगामी दिनमा यस्ता गल्ती नदोहोरर्याउने प्रतिबद्धतासमेत जनाउँदै विज्ञप्ती जारी गरेको छ। निगमका प्रवक्ता अर्चना खड्काले अबका दिनमा यस्ता गल्तीहरू हुन नदिनका लागि सचेतनाा अपनाउनेसमेत जानकारी दिएकी छन्।
उडान रद्ध भएको कारणबाट गन्तव्यमा पुग्न नसकेको यात्रुहरूलाई वैकल्पिक व्यवस्थापनहरूबाट उडान गरिने जानकारी दिइन्।प्राधिकरणले नयाँ उडान तालिकामा गौतमबुद्ध विमानस्थलबाट उडान गर्नका लागि निगम र हिमालय एयरलाइन्सलाई यस अघिनै पत्रचार गरिसकेको थियो।
तर, नयाँ तालिकामा पनि गौतमबुद्धबाट उडान गर्ने तयारी नगरेपछि प्राधिकरणले कारबाहीबापत उडान तालिकामा कटौति गरेको थियो। त्यहीअनुसार आइतबारको उडान कटौती हुँदा पनि निगमले जवरजस्ती यात्रुहरूलाई टिकट काटेर उडान गर्न खोजेको थियो।
जसको कारण यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरु अलपत्र परेका थिए। यात्रुहरूले दुख पाएको विषयमा चौतर्फी विरोध भएपछि प्राधिकरण,विमानस्थलले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेको थियो।
प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले निगमले गल्ति स्वीकार गरेर माफि माग्नु नै स्पष्टीकरण भएको बताए। अबका दिनमा गल्ती नगर्ने प्रतिबद्धता जनाएको छ,' महानिर्देशक अधिकारीले भने, 'यात्रुहरूमा परेको मर्कामा दुख व्यक्त गर्दछौं।'