एजेन्सी। टाटा एयरबसले भारतीय वायुसेनाका लागि सी–२९५ विमान बनाउने भएको छ। टाटा एयरवस विमान प्लान्टको प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गुजरातको वडोदरामा शिलान्यास गरेका छन।
कम्पनीले पहिलो चरणमा ४० वटा विमान बनाउने बाहेक वडोदरामा रहेको यो सुविधाले वायुसेनाको आवश्यकता र निर्यातका लागि थप विमानहरू निर्माण गर्ने भएको छ। यस परियोजनामा २२ खर्ब भारू (२२ हजार करोड) लगानी हुनेछ।
कार्यक्रममा प्रधानमन्त्री मोदीले सम्बोधन गर्दै भने ‘यहाँ निर्माण हुने यातायात विमानले हाम्रो सेनालाई शक्ति मात्र प्रदान गर्दैन विमान निर्माणको नयाँ इकोसिस्टम पनि विकास गर्नेछ। चाँडै, भारत मेक इन इन्डिया ट्यागमा साथ प्यासेन्जर विमान निर्माण थाल्ने छ।’
आगामी वर्षहरूमा रक्षा र एरोस्पेस क्षेत्रहरू भारतलाई आत्मनिर्भर बनाउन दुई महत्त्वपूर्ण स्तम्भ हुने प्रधानमन्त्री मोदीको भनाइ छ। सन् २०२५ सम्म भारतको रक्षा उत्पादन स्केल २५ अर्ब डलर पार हुनेछ।
उत्तर प्रदेश र तमिलनाडुमा स्थापना भइरहेका डिफेन्स कोरिडोरहरूले यस मापनलाई शक्ति दिनेछन। भारतीय वायुसेनाका लागि सी–२९५ यातायात विमान टाटा एयरबसले निर्माण गर्नेछ।
४० वटा विमान बनाउनु बाहेक, वडोदराको यो सुविधाले वायुसेनाको आवश्यकता र निर्यातका लागि थप विमान निर्माण गर्ने रक्षा सचिव अरमान गिरिधरले जानकारी दिए। आइएएफ अधिकारीहरूले यातायात विमानको पहिलो भारतीय वायुसेना स्क्वाड्रन पनि वडोदरामा आधारित हुनेछ।
भारतमा निर्मित विमान सन् २०२६ देखि २०३१ सम्म आपूर्ति हुने भएको छ। पहिलो १६ फ्लाई–अवे विमान सेप्टेम्बर २०२३ र अगस्ट २०२५ बीच आइएएफलाई पठाउने तालिका छ।
गत वर्ष सेप्टेम्बरमा भारतले १९६० को दशकको प्रारम्भमा सेवामा प्रवेश गरेको आईएफको पुरानो एभ्रो ७४८ विमानहरू प्रतिस्थापन गर्न छ। ५६ सी २९५ विमानहरू किन्नको लागि एयरबस डिफेन्स एन्ड स्पेससँग २१ खर्ब ९३ अर्ब ५० करोड भारू सम्झौता गरेको थियो।
सम्झौताअन्तर्गत एयरबसले चार वर्षभित्र स्पेनको सेभिलमा रहेको अन्तिम एसेम्बल लाइनबाट पहिलो १६ वटा विमान ‘फ्लाईअवे’ अवस्थामा उपलब्ध गराउनेछ र त्यसपछिका ४० वटा विमान टाटा एडभान्स सिस्टम्सले निर्माण र एसेम्बल गर्नेछ। दुई कम्पनीबीचको औद्योगिक साझेदारीको हिस्साको रूपमा भारतमा हुने छ।
यो परियोजनाले ६०० उच्च दक्ष रोजगारीहरू प्रत्यक्ष रूपमा ३ हजार भन्दा बढी अप्रत्यक्ष रोजगारहरू र थप ३ हार मध्यम सीप रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ जसमा एयरोस्पेस र रक्षा क्षेत्रमा ४२.५ लाख म्यानघण्टा भन्दा बढी काम गर्नेछ।
सी २९५ समसामयिक प्रविधिसहितको ५ देखि १० टन क्षमताको यातायात विमान हो। विमानको अधिकतम गति ४८० किलोमिटर प्रतिघण्टा हुनेछ। यो विमान विशेष अभियानका साथै विपद् प्रतिक्रिया र समुद्री गस्ती कर्तव्यहरू प्रदर्शन गर्न सक्षम हुने छ। विमानले प्याराट्रुपहरू र लोडहरू एयरड्रप गर्न सक्छ।
सी–२९५ बनाउन सक्ने देशहरूको समूहमा भारत नयाँ प्रवेशकर्ता बनेको छ। समूहमा अमेरिका, बेलायत, रुस, फ्रान्स, इटाली, स्पेन, युक्रेन, ब्राजिल, चीन र जापान रहेका छन्।
सैन्य यातायात विमान उद्योग २०३० सम्ममा ४५ अर्ब डलर पुग्ने देखिन्छ। आइएएफका लागि नयाँ सुविधाको प्रतिबद्धता २०३१ सम्ममा समाप्त हुनेछ। त्यसपछि, यसले अन्य देशहरूमा आफ्ना सामानहरू निर्यात गर्न सक्छन।
रक्षा क्षेत्रमा ठूलो फड्को
नयाँ परियोजना मेक इन इन्डियाको लागि ठूलो कदमको रूपमा सेट गरिएको छ। यसले रक्षा उत्पादनको आधुनिकीकरणमा भारतको प्रयासलाई उल्लेखनीय रूपमा बढावा दिनेछ। जसमा हाल मिसाइल, फिल्ड गन, ट्याङ्क, विमान वाहक, ड्रोन, लडाकु विमान, ट्याङ्क र हेलिकप्टर जस्ता परियोजनाहरू समावेश छन्।
(लाइभमिन्टको सहयोगमा)