काठमाडौं । पहिलो पटक आइफोन १५ का महत्वपूर्ण जानकारी लिक भएका छन्। आइफोन १५ का नयाँ सिरिजमा हुने आन्तरिक परिवर्तनको विवरण बाहिरिएको जनाइएको छ। जसमा स्ट्यान्डर्ड र प्रो मोडलको डिजाइन कस्तो हुने, प्रोसेसर कुन रहने भन्ने कुराको विवरणहरु बाहिरिएका छन्।
नयाँ रिपोर्टमा, प्रभावशाली उद्योग विश्लेषक ट्रेन्ड फोर्सले आइफोन–१५ दायराको बारेमा क्यामेरा, मेमोरी, मोडेम र जडान विवरणहरू बाहिर ल्याएका छन्। उसले युएसबी–सी मा आश्चर्यजनक रूपमा प्रारम्भिक अपग्रेडको लागि हुने बताएको छ। आइफोन १५ प्रो मोडलहरुमा ६ जीबीदेखि ८ जीबीसम्मको र्याम प्रयोग हुने ट्रेन्डफोर्सले दाबी गरेको छ।
जसमा प्राइमरी क्यामेराका लागि नयाँ एटपी (एट इलिमेन्ट) लेन्स प्रयोग हुनेछ। आइफोन १४ मोडलमा सेभेन इलिमेन्ट लेन्स रहेको छ। त्यस्तै प्रो मोडेलका लागि पेरिस्कोप लेन्स हुने बताइएको छ।
आइफोन १५ का हरेक मोडलमा लाइटिङ पोर्ट नभई युएसबी–सी कनेक्टर हुने बताइएको छ। एप्पलका विश्वव्यापी मार्केटिङका उपाध्यक्ष ग्रेग जोसविकले कम्पनीले युरोपेली संघ (ईयू) को नियम मान्नुपर्ने उल्लेख गरेका थिए। ईयूको नयाँ नियम असार युरोपेली संघका देशहरूमा बिक्री हुने सबै फोनमा २०२४ सम्म यूएसबी–सी पोर्ट अनिवार्य रूपमा समावेश हुनुपर्ने उल्लेख छ ।
कम्पनीले युरोपेली देशमा बिक्री हुने फोनमा मात्र टाइप–सी पोर्ट उपलब्ध गराउन लागेको हो वा सबै फोनमा उपलब्ध हुनेछ भन्ने कुराचाहिँ प्रस्ट नभइसकेको जनाएका छ।
त्यस्तै ट्रेन्डफोर्सका अनुसार एप्पलले नयाँ आइफोनमा क्वालकोमको एक्स ७० मोडेम पनि प्रयोग गर्ने भएको छ। जुन पेरिस्कोप लेन्सका लागि निकै नै उपयोगी मानिन्छ। एप्पलले आइफोन १५ प्रो र प्रो म्याक्स मोडलका बीचमा आइफोन १५ अल्ट्रा ल्याउन सक्ने बताइएको छ।
यस वर्ष आइफोन १४ सिरिजका फोनको अपेक्षित बिक्री नभएकाले कम्पनीले नयाँ आइफोनमा थप फिचर समावेश गर्ने अपेक्षा गरिएको छ।