काठमाडौं । इम्याजिन मार्केटिङ लिमिटेड, भारतको वायरलेस हियरेबल ब्रान्डले(फ्ल्यागशिप ब्रान्ड ‘बुट’ अन्तर्गत सन् २०१९ देखि आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासिकको भोल्युमको हिसाबले) आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाँडै नेपाली बजारमा ल्याउने जनाएको छ।
कम्पनीले ल्याएको स्क्वायर डायल भएको वेभ प्रो ४७, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ। यो डिस्प्लेमा गुणस्तरीय पिक्चर, ५ सय निट्स ब्राईटनेस र विशाल दृश्य अनुभव प्रदान गर्दछ ।
यसको नवीनतम बुट एसप चार्ज टेक्नोलोजीको सातदिन सम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा ० देखि १०० प्रतिशत सम्मचार्ज गर्दछ । वेभ प्रो ४७ मा भएको आइपी६७ ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ। जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ। नेपालमा उपलब्ध वेभ प्रो ४७ को मूल्य ६ हजार ४ सय ९९ रुपैयाँ रहेको छ।
यस कम्पनीले बुटको सबैभन्दा नयाँ संस्करणको बुटएक्सटेन्ड स्पोर्ट स्मार्टवाच पनि लन्च गरेको छ। यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिस छन्। यसमा ७ सय प्लस सक्रिय मोडहरू छन्।
छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ। यो स्मार्टवाच स्पोर्टी १.६९ इन्च एचडी डिस्प्लेको साथमा उपलब्ध रहेको छ। जसमा ब्राईट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ।
यसमा १०० प्लस फेस अप्सन छन् जसले तपाइँको भाइबलाई तपाईको घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ। एक्स्टेण्ड स्पोर्ट नेपालको सबै रिटेल आउटलेटमा ६ हजार ४ सय ९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ।
यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड रकर ३ सय ३० र रकर २ सय ५५ प्रो प्लस पनि ल्याएको छ। यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै बुट सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्ध रहेको क्रम्पनीले जनाएको छ। बजारमा यसको मूल्य ३ हजार ३ सय ९९ देखि ३ हजार ४ सय ९९ रुपैयाँ रहेको छ।