काठमाडौं। गुराँस लाइफ इन्स्योरेन्सकाे १२औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ। सभा शुक्रबार राजधानीमा सेयरधनीहरूको भौतिक तथा जुममार्फत सम्पन्न भएको हाे ।
साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारीत गरेको छ भने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारीत समेत गरेको छ ।
सभाले आ.ब २०७७ /७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारीश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ। सभाले गुराँस लाइफसहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ।
यस्तै मर्जरको लागि सञ्चालक समितिले गरेको कामको अनुमोदन गरेको छ । सभाले कम्पनीको सम्पति दायित्व मूल्याकंन गर्नका लागि मूल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरू नियुक्ति ,उनीहरूको पारीश्रमिक निर्धाण, एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बिमाङकीय मूल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।
त्यसैगरी सभाले मर्जर कार्यका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ दशमलव ४४ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव लगायतका विविध प्रस्ताव अनुमोदन गरेको छ।