काठमाडाैं। भायनेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ। भायनेटले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा यात्रालाई स्मरणीय र रोचक बनाउन हरदम साथ दिएको भन्दै ग्राहक, कर्मचारी र अन्य सरोकारवालाहरूलाई धन्यवाद दिएको छ।
भायनेट कम्युनिकेसनले व्यक्तिगत तथा व्यावसायिक उद्देश्यका लागि इन्टरनेट, टिभी र अन्य डिजिटल सेवाहरूको नियमित मागहरू पूरा गर्न आफ्ना उत्पादन र सेवाहरूलाई अझ बढी व्यवस्थित र विस्तारित गराउने उद्देश्य राखेको कम्पनीले जनाएकाे छ।
भायनेटकाे स्थापना सन् १९९९ मा थियो। यस अवधिमा कम्पनीले भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट र उत्कृष्ट आइपिटिभी सेवामा इनोभेटिभ कम्पनीको रुपमा स्थापित भएको छ।
सन् २०११ मा भायनेट नेपालमै पहिलो पटक फाइबर अप्टिक्स टेक्नोलोजीको सुरुवात गर्ने कम्पनी बन्यो। यसरी भायनेट कुनै पनि स्यरिङ रेसियो बिना डेडीकेटेड इन्टरनेटमार्फत द्रुत गतिको इन्टरनेट प्रदान गर्ने कम्पनी पनि बन्यो।
त्यसैगरी सन् २०१६ मा भायानेट आइपीटीभी सेवा दिने पहिलो कम्पनी मध्य एक बनी नेपाली ग्राहकको टिभी हेर्ने अनुभवलाई परिष्कृत बनाउन सघायो। कम्पनीले सेवाको निरन्तर अपग्रेड गर्दै आफ्नो गुणस्तरीय सेवा विस्तार गरिरहेको छ। भायनेटले आफ्नो अल्ट्रा-फाई इन्टरनेट लाइनअपमार्फत बजारमा उपलब्ध इन्टरनेटका सबै भन्दा राम्रो विकल्पको रुपमा सेवा दिँदै आइरहेको छ।
भायानेटको अर्को उत्कृष्ट उत्पादन भाय टिभीले सस्तो दरमा १७५ टिभि च्यानलहरू उपलब्ध गराउँदै आएको छ। कम्पनीले भर्खरै भाय टिभीलाई भाय टिभी २.० मा अपग्रेड गरी अलग-अलग दर्शक प्रोफाइलहरू, पिक्चर-इन-पिक्चर मोड, पे-पर भ्यूलगायतका आधुनिक फिचरहरू लिएर आएको छ।