काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ १६.०६ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १६.०६ अंकले घटेर १८५५.१६ बिन्दुमा झरेको हो ।
आज १ हजार ८७१.२८ बिन्दुमा खुलेको बजार घटेर १ हजार ८५५.१६ बिन्दुमा झरेर बन्द भएको छ । घटेको बजारमा ५५ करोडको कारोबार भएको छ ।
आज नेप्से उच्च बिन्दु १ हजार ८७१.२८ विन्दु र न्यून १ हजार ८४९.८० बिन्दु समातेको थियो । आज बजार खुलेको बिन्दु नै उच्च बिन्दु हो । आज नेप्से परिसूचक सँगै कारोबार रकम पनि घटेको छ । आज नेप्समा ५५ करोड २८ लाखको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन नेप्सेमा ७२ करोडको कारोबार भएको थियो । आज नेप्सेमा २ सय २९ कम्पनीको १७ लाख ६८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
आज नेप्से कारोबारमा आएका २२९ कम्पनीमध्य ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । त्यसैगरी ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज नेप्सेमा समिट लघुवित्तको सर्वाधिक १० प्रतिशतले सेयरमूल्य बढेको छ । त्यस्तै, अभियान लघुवित्तको सेयरमूल्य ९.९८ प्रतिशत र रुरु जलविद्युत परियोजनाले ७.८४ प्रतिशतले बढेको छ ।
त्यस्तै, विन्दवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ७.१८ प्रतिशतले घटेको छ । आज नेप्सेमा नबिलको सर्वाधिक ३ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ४३ लाख रुपैयाँको कारोबार र हिमालयन पावर पाटर्नरको २ करोड १८ लाख रुपैयाँको कारोबार गरेको छ ।