- चर्चित ट्राभल भ्लगर डेल फिलिपले सन् २०२२ अगस्ट ७ (साउन २२) मा ‘हिमालय हेलिकोप्टर एडभेन्चर नेपाल’ शीर्षकमा युट्युबमा एक भिडियो पोस्ट गरे। प्रभु हेलिकोप्टरमार्फत उनले अन्नपूर्ण आधारशिविर क्षेत्रमा गरिएका यात्रा दृष्य भिडियोमा समावेश गरेका छन्। उनको त्यो भिडियो ८ लाख २३ हजार ७ सय ८८ पटक हेरिएको छ। उनै फिलिपले अगस्ट ३० (भदौं १४) मा ‘एक्स्प्लोरिङ वल्र्ड काठमाडौं नेपाल’ शीर्षको अर्को भिडियो पोस्ट गरे। त्यो भिडियोमा उनी काठमाडौंका विभिन्न ठाउँ घुमेको फोटो, विभिन्न खानाका परिकार, नेपाली ढाका टोपी लगाएको दृष्य साथै सर्वसाधारणसँग कुराकानी गरेको देखिन्छ। त्यो भिडियो हालसम्म ५ लाख ७६ हजार ८ सय ८० पटक हेरिएको छ। युट्युबमा २३ लाख २० हजार सब्सक्राइबर रहेका फिलिप रुसका हुन्। उनले हालेका भिडियो र फोटो अहिले सबैले रुचाइरहेका छन्।
- २३ लाख २० हजार सब्सक्राइबर रहेका नर्वेका ट्राभल भ्लगर हाराल्ड बाल्डरले २०२२ जनवरी २४ (२०७८ माघ १०) मा ‘हार्ड रक क्याफे नेपाल’ नामक भिडियो अपलोड गरे। जहाँ हिमाल, हिउँसँगै विभिन्न खोला, पहाडी सुन्दरता र चौंरीगाई चरेका दृष्य छन्। उक्त भिडियो हालसम्म १० लाख २६ हजार १ सय ६७ पटक हेरिएको छ। उनले लाङटाङसहित हिमाली क्षेत्रका विभिन्न ठाउँका भिडियो पनि पोस्ट गरेका छन्।
-युनाइटेड अरब इमिरेट्स (युएई) का भ्लगर युट्युबर खालिद अल अमिरीले ‘ट्राइङ द मोस्ट युनिक नेपाली स्ट्रिट फुड’ शीर्षको भिडियो पोस्ट गरे। उनले नेपाली परिकारका भिडियो हालेका छन्। उनले पानीपुरी, खजुरी, मालपुवा, जेरीलगायत खानेकुराको भिडियो राखेका छन्। योसँगै उनले विभिन्न नेवारी परिकारसमेतको भिडियो पोस्ट गरेका छन्। ढाकाटोपीमा सजिएका भ्लगर खालिदले परिकार बनाउने आइडियासमेत सेयर गरेका छन्। २०२२ फेब्रुअरी २५ (२०७९ फागुन २३) मा पोस्ट गरिएको उक्त भिडियो १८ लाख ४५ हजार ७ सय ६९ पटक हेरिएको छ। १६ लाख ८० हजार सब्सक्राइबर रहेका उनको युट्युब च्यानलमा नेपालसहित विभिन्न मुलुकमा पाइने परिकारका भिडियो देख्न पाइन्छ। उनको फेसबुक पेजमा ७० लाख ८० हजार फलोअर छन्।
- सिल्की र कार्यन ‘टिकटक स्टार’ हुन्। उनीहरूले टिकटक, इन्स्टाग्राम र युट्युबमा ‘सिल्किरनदरोड’ नामबाट भिडियो पोस्ट गर्ने गरेका छन्। विेशेषगरी हनिमुन (मधुमास) गन्तव्य प्रचार गर्दै हिँड्ने जोडीले केही समयअघि भक्तपुर दरबार स्क्वायरमा रहेको एक रेस्टुरेन्ट र अन्नपूर्ण सर्किटमा रहेको एक होटलबाट देखिएका दृष्यमा रोमान्स गर्दै गरेको भिडियो पोस्ट गरे। भिडियोमार्फत हनिमुनका लागि नेपाल एक उत्कृष्ट गन्तव्य हो भन्ने सन्देशसमेत उनीहरूले दिए। उनीहरूको टिकटक फलोअर्स ४५ हजार ५ सय छन् भने १२ लाख लाइक छ। उनीहरूले राखेका नेपालका छोटा भिडियो ४ लाखभन्दा बढीले हेरेको देखिन्छ।
माथि उल्लेख गरिएका भ्लगर केही उदाहरणमात्र हुन् । उनीहरूजस्ता धेरैले नेपालको निःशुल्क प्रचार गरिरहेका छन्। विश्वका करोडौं मानिसमा नेपालबारे जानकारी दिइरहेका छन्। युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्विटरमा लाखौं सब्सक्राइबर, फलोअर्स हुनेका लागि विषेशगरी एडभेन्चर ट्राभल र कल्चरल फुडमा चासो राख्नेको रोजाइमा नेपाल पर्न थालेको छ। बढ्दो प्रविधि विकास भएसँगै अब गन्तव्य प्रचार–प्रसारका लागि भ्लग पनि एक उपयुक्त विकल्प बनिसकेको छ।
ट्राभल भ्लगरहरू पर्यटकीय गन्तव्यबारे जानकारी प्रवाह गर्ने प्रमुख स्रोत बन्न थालेका छन्। उनीहरूको प्रभाव विश्वव्यापी हुने भएकाले तिनले दिने सूचना र जानकारी छिनमै धेरै देशमा फैलिरहेको हुन्छ। घुम्न चाहने व्यक्तिमाझ सूचना फैलिएर पर्यटक बढाउँछ।
जहाँ पुगिन्छ, त्यहाँ देखिएका दृष्य कैद गरेर भिडियोमार्फत पोस्ट हुँदा एकसाथ लाखौं मानिसमा पुग्ने गरेको छ। जुन माध्यम अहिले प्रभावकारी बन्दै गएको छ। अरूले भनेको, पढेको भन्दा भिडियोमार्फत नै त्यस्ता ठाउँका दृष्य देख्दा जो कोहीको पनि मन तानिन्छ। विश्वका अधिकाशं मुलुकमा अहिले भ्लगरमार्फत नै कुनै पनि ठाउँ, कुनै पनि विषय प्रचार गर्ने काम भइरहेको छ भने नेपालमा पनि बिस्तारै यसले ठाउँ लिन थालेको छ। जुन सकारात्मक विषय हो।
विश्वका करोडौं मानिसमा नेपालबारे जानकारी दिइरहेका छन्। युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्विटरमा लाखौं सब्सक्राइबर, फलोअर्स हुनेका लागि विषेशगरी एडभेन्चर ट्राभल र कल्चरल फुडमा चासो राख्नेको रोजाइमा नेपाल पर्न थालेको छ। बढ्दो प्रविधि विकास भएसँगै अब गन्तव्य प्रचार–प्रसारका लागि भ्लग पनि एक उपयुक्त विकल्प बनिसकेको छ।
भ्लगर नयाँ र रोमाञ्चक सम्भावित गन्तव्य सार्वजनिक गर्दै बजारीकरण गर्छन्। पर्यटक सामान्य अनुभवका लागि नभएर उत्कृष्ट र विशिष्ट अनुभवका लागि आउने भएका कारढण यात्रा भिडियोले तिनको निर्णय र चाहना दुवैलाई प्रभाव पार्छ। यात्रा निरन्तरता दिन थप उत्प्रेरणा दिएको हुन्छ। बढ्दो प्रविधि प्रयोगलाई बढाउँदै नेपालले पनि यहाँका गन्तव्य, परिकार, भाषा, संस्कृति प्रचारलाई भ्लगका रूपमा प्रयोग बढाउन आवश्यक देखिन्छ।
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको प्रचारको सबैभन्दा उत्कृष्ट प्रयोग भ्लगर भएको बताउँछन्। नेपालका सुन्दर भूभागलाई एक क्लिकमै विश्वबजारमा पु¥याएर परिचित गराउन भ्लगरलाई प्रयोग गर्न सकिने उनको भनाइ छ।
जोशी बहालवाला सिइओ हुँदा पर्यटन बोर्डकै व्यवस्थापनमा २०१९ मा पहिलोपटक अन्तर्राष्ट्रिय भ्लगर सम्मेलन आयोजना समेत गरिएको थियो। जुन अहिलेसम्म पनि प्रभावकारी भइरहेको उनको दाबी छ।
नेपालको सुन्दरता र मनमोहकता विश्वमाझ पुर्याउन भ्लगरलाई प्रयोग गर्न आवश्यक रहेको वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य बताउँछन्। पर्यटनको अपार सम्भावना हुँदा हुँदै उल्लेख्य प्रचार नभएकै कारण ओझेलमा परिरहेको बेलामा भ्लगरलाई बोलाएर नेपालको सुन्दरता भिडियो र फोटोमार्फत सार्वजनिक गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ।
भूकम्पले थिलथिलो भएको नेपालको पर्यटनलाई उकास्न त्यो बेला प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टर च्याप्टरसँगको समन्वयमा गरिएको उक्त सम्मेलनमा १ सय ५ जना भ्लगर नेपाल आएका थिए। पर्यटन बोर्डले त्यसपछि पनि विभिन्न समयमा चर्चित भ्लगरलाई नेपाल बोलाएर यहाँका गन्तव्य, संस्कृति, भेषभुषार मौलिक खानाको प्रचार गर्दै आएको छ। अमेरिका, दक्षिण अमेरिका, अफ्रिका, न्युजिल्यान्ड, भारत, भियतनाम, कम्बोडियालगायत देशका भ्लगरको सहभागिता रहेको थियो।
नेपालको सुन्दरता र मनमोहकता विश्वमाझ पुर्याउन भ्लगरलाई प्रयोग गर्न आवश्यक रहेको वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य बताउँछन्। पर्यटनको अपार सम्भावना हुँदा हुँदै उल्लेख्य प्रचार नभएकै कारण ओझेलमा परिरहेको बेलामा भ्लगरलाई बोलाएर नेपालको सुन्दरता भिडियो र फोटोमार्फत सार्वजनिक गर्नेतर्फ सम्बपन्धत निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ।
पर्यटन बोर्डले गर्ने प्रचारदेखि नेपालका व्यवसायीले अब विदेश गएर लाखौं रुपैयाँ खर्चिनुभन्दा भ्लगरलाई नै नेपाल बोलाएर सुन्दरताको महसुस गराउन सके प्रभावकारी हुने उनले बताए।
कोभिडका कारण प्रभावित पर्यटन बजार चलायमान बनाउन भ्लगरलाई प्रयोग गर्न सके प्रभावकारी हुने उनको विश्वास छ। पाटा–नेपाल च्याप्टरका पूर्वअध्यक्ष एवं पर्यटन व्यवसायी सुमन पाण्डेले कुनै पनि विषय वा ठाउँबारे धेरैभन्दा धेरैलाई पुर्याउन भ्लगका रूपमा प्रयोग थालिएको बताए।
नेपालको सुन्दरता र मनमोहकता विश्वमाझ पुर्याउन भ्लगरलाई प्रयोग गर्न आवश्यक रहेको वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य बताउँछन्। पर्यटनको अपार सम्भावना हुँदा हुँदै उल्लेख्य प्रचार नभएकै कारण ओझेलमा परिरहेको बेलामा भ्लगरलाई बोलाएर नेपालको सुन्दरता भिडियो र फोटोमार्फत सार्वजनिक गर्नेतर्फ सम्बपन्धत निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ।
‘आजको दुनियाँमा मार्केटिङ गर्न स्टोरी टेलिङको आइडियालाई अगाडि बढाएका छन्,’ व्यवसायी पाण्डेले भने, ‘पछिल्लो समय अन्तर्राष्ट्रिय मिडियाहरूले पनि डिजिटल प्रविधि अगाडि सारिरहेका छन्।
सम्भावित पर्यटन यात्रा गर्ने ट्राभल भ्लगरले आफ्नो यात्रा अनुभव भिडियोका माध्यमबाट सार्वजनिक गर्ने गरेको र त्यस्ता भिडियो इन्टरनेट पहुँच भएका लाखौं मानिसमा एकैपटक सहजै पुग्ने भएकाले पनि नेपालले त्यसको भरपुर सदुपयोग गर्न आवश्यक रहेको पाण्डे बताउँछन्।
विश्वमा नेपालको सुन्दरता चिनाउन सबैभन्दा पहिला प्रचारप्रसार आवश्यक पर्ने र त्यसका लागि अन्तर्राष्ट्रिय ट्राभल भ्लगरको आगमन पहिचान गरेर योजनाबद्ध परिचालन गर्न सके पर्यटक बढाउन सकिने उनको सुझाव छ।
फेरिएको प्रचार शैली : पत्रकार, ब्लगर हुँदै भ्लगर
पहिला–पहिला नेपालका गन्तव्य प्रचार–प्रसार गर्न विभिन्न देशबाट पत्रकार बोलाउने गरिन्थ्यो। लाखौं खर्च गरेर नेपाल ल्याउने र केही समय यहाँका गन्तव्य घुमाएर तीबारे लेखाउने गरिन्थ्यो। जुन त्यो समय प्रचार–प्रसारमा उत्तम विकल्प नै थियो।
बिस्तारै समय बदलिँदै गयो। पत्रकारमात्र होइन, प्रचार माध्यममा ब्लगर पनि पर्न थाले। उनीहरूलाई पनि नेपाल ल्याउने, विभिन्न गन्तव्य लगेर घुमाउने र त्यसबारे लेख्न लगाउने गरिन्थ्यो। तर, अहिले समय बदलिएको छ। समाचार, ब्लग हुँदै अब भिडियो त्यो पनि छोटो (सर्ट) भिडियोमार्फत पनि प्रचार गर्न थालिएको छ।
जहाँ पुग्यो, त्यहीँको भिडियो हाल्ने चलन बढेको छ। यसबाट ती भ्लगरका आम्दानी पनि बढ्ने र ठाउँ प्रचार पनि हुने गरेको छ। कतिपय भ्लगर आफ्नै खर्चमा विभिन्न ठाउँ घुम्न निस्कन्छन् भने कतिलाई पैसा तिरेर ल्याउनुपर्ने हुन्छ।
अहिले विश्वका धेरै देशले आफ्ना पर्यटन गन्तव्य प्रचारमा भ्लगर प्रयोग गर्न थालेका छन्। त्यसैलाई पछ्याउँदै नेपालले पनि काम गर्न आवश्यक रहेको अफ द वाल ट्रेकिङका सञ्चालक सरिता लामा बताउँछिन्।
नयाँ–नयाँ गन्तव्य जान, अनुभव लिन र घुम्न रुचाउँछन्। विगतमा पत्रकार बोलाएर पारिवारिक भ्रमण गराएर समाचार र लेख लेखाएजस्तै अब भ्लगरलाई गर्नुपर्छ। उनीहरूले चाहे होटलले छुट गरिदिन्छन्, विभिन्न पर्यटकीय संघसस्थाले सहयोग गर्छन्।
लाखौं रुपैयाँ खर्चेर विदेश गएर प्रचार गर्नुभन्दा नेपालमै गन्तव्य मुलुकका भ्लगर बोलाएर गर्न सके धेरै प्रभावकारी रहने उनको भनाइ छ। हुन त अहिले धेरै भ्लगर नेपाल आएर निशुल्क प्रचार गर्दै गरेको उनले बताइन।
एउटा फोटोले दसौं हजार शब्दबराबर महत्व बोक्ने भएकाले अझ भिडियो नै हेर्न पाउने भएपछि जो कोहीको मन पनि लोभिने गर्छ। अबको प्रचार शैलीलाई पर्यटन बोर्डले पनि नीतिगत रूपमै परिवर्तन गर्न आवश्यक रहेको उनले बताइन्।
कति लाग्छ खर्च?
टुर प्रमोसनका लागि पहिला–पहिला विदेश गएर नेपालबारे त्यहाँका रेडियो, टेलिभिजन, पत्रपत्रिकामा विज्ञापन हाल्ने, विभिन्न मुलुकका पत्रकार नेपाल बोलाएर यहाँको विषयमा लेख्न लगाउने गरिन्थ्यो। ठुल्ठूला होर्डिङ बोर्ड विभिन्न सहरमा राखिन्थ्यो। तर, अहिले त्यसको स्वरूप परिवर्तन भएको छ। विषेशगरी ट्राभल भ्लगर आफैं घुम्न रुचाउँछन्।
नयाँ–नयाँ गन्तव्य जान, अनुभव लिन र घुम्न रुचाउँछन्। विगतमा पत्रकार बोलाएर पारिवारिक भ्रमण गराएर समाचार र लेख लेखाएजस्तै अब भ्लगरलाई गर्नुपर्छ। उनीहरूले चाहे होटलले छुट गरिदिन्छन्, विभिन्न पर्यटकीय संघसस्थाले सहयोग गर्छन्।
उनीहरूको चासो बढी भए हवाई टिकट लिएर आउँछन् र यताको चासो बढी भए हवाई टिकटको व्यवस्था गरिदिनुपर्छ। यसो हुँदा एक साताका लागि सामान्यतयाः ४० देखि ५० हजारसम्म खर्च लाग्न सक्छ। रेस्टुरेन्टहरूले पनि खाना खान बोलाउने गर्छन्। व्यक्तिगत हिसाबमा आउनेलाई भने १ लाखदेखि १ लाख २० हजारसम्मको प्याकेज मिल्छ।
कसरी सुरु भयो भ्लग?
सन् १९८९ मा आधिकारिकरूपमा इन्टरनेट सुरुवात भए पनि १९९९ मा मात्र भ्लग विकास भएको मानिन्छ। ‘भिडियो ब्लग’ वा ‘भिडियो ब्लगिङ’ भ्लग शब्दको छोटकरी रूप हो। अमेरिकाको लस एन्जलसका एडम कोन्ट्रासले २००० जनवरी २ मा आफ्नो अपार्टमेन्टमा बिरालो र महिला मित्र समावेश गरिएको १४ सेकेन्डको भिडियो अपलोड गरेका थिए। जुन भ्लगिङ इतिहासको पहिलो भिडियो मानिन्छ।
२०२२ को एक तथ्यांकअनुसार हाल विश्वमा ५ करोड १० लाखभन्दा बढी युट्युब च्यानल छन्। प्रत्येक मिनेट ५ सय घन्टाबराबरको भिडियो अपलोड हुने गर्छ। फिलिक्स सेजेलबर्ग विश्वका नम्बर एक भ्लगर हुन्। ‘प्युडाइपाई’ नामको उनको च्यानलमा १० करोड १० लाख सब्सक्राइबर छन्। उनको युट्युब च्यानल विश्वको सबैभन्दा लोकप्रिय च्यानल हो।