काठमाडौं । साताकाे दाेस्राे दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ १.४३ प्रतिशतले घटेको छ । यस दिन नेप्से परिसूचक २७.१६ अंकले घटेर १८७१.२२ बिन्दुमा झरेको हो । आज १ हजार ९०१ बिन्दुमा खुलेको बजार दोहोरो अंकले घटेर १ हजार ८७१.२२ बिन्दुमा झरेर बन्द भएको छ ।
घटेको बजारमा करिब एक अर्बको कारोबार भएको छ । आज नेप्से उच्च बिन्दु १ हजार ९०८.५८ बिन्दु र न्यून १ हजार ८६६.८३ बिन्दु समातेको थियो । आज नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ ।
आज नेप्समा ९७ करोड १७ लाखको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा ६० करोडको कारोबार भएको थियो । आज नेप्सेमा २ सय ३३ कम्पनीको ३१ लाख ५५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
आज नेप्से कारोबारमा आएका २३३ कम्पनीमध्ये १९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । त्यसैगरी २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज नेप्सेमा अभियान लघुवित्तको सर्वाधिक ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, एनएमबि हाइब्रिर्ड फन्ड लार्ज १ कोे ३.६७ प्रतिशत र उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य २.६८ प्रतिशतले बढेको छ ।
त्यस्तै, गरिमा डिबेञ्चरको सेयर मूल्य सर्वाधिक ८.१३ प्रतिशतले घटेको छ । आज नेप्सेमा हिमालयन एभरेस्ट इन्स्योरेन्सको सर्वाधिक १६ करोड ५८ लाख रुपैयाँको कारोबार गरेको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्सको प्रमोटर सेयरको ६ करोड ६ लाख रुपैयाँको कारोबार र नबिल बैंकको ४ करोड ८२ लाख रुपैयाँको कारोबार गरेको छ ।