एजेन्सी। चीनको जलविद्युत क्षेत्रले सन् २०६० भन्दा अगाडि नै कार्बन तटस्थता हासिल गर्ने प्रयास गरिरहेका बेला नुओझाडु जलविद्युत केन्द्र कोसेढुंगा साबित भएको छ।
देशकै सबैभन्दा बढी जल र जैविक विविधताले सम्पन्न प्रान्त युनानको लांकाङ नदी किनारमा रहेको सबैभन्दा ठूलो जलविद्युत केन्द्र हो नुओझाडु जलविद्युत केन्द्र।
यसले चीनको महत्वपूर्ण स्वच्छ ऊर्जा प्रदायकका रूपमा मात्र काम गर्दैन, मेकङ नदीको बाढी र ठूलो भूभागको खडेरी नियन्त्रणमा काम पनि गर्छ।
यसबाहेक यो चीनको ‘हरित विकास’ को एक रचनात्मक अभ्यासकर्ता पनि हो किनभने यसले केन्द्रभित्र पशु उद्धार र बिरुवा संरक्षण क्षेत्र सिर्जना गर्ने मापदण्ड तय गरेको छ।
चिनियाँले नुओझाडु जलविद्युत केन्द्रलाई स्वच्छ उर्जा उत्पादकमात्र नभई वर्षावन शैलीको बगैंचा पनि बनाएका छन्, जसले देशको जैविक विविधता संरक्षणका लागि उचित योगदान दिइरहेको छ।
६ देश जोड्ने मेकङ नदीको माथिल्लो भागमा रहेको लांकाङ नदी बेसिनको सबैभन्दा ठूलो जलविद्युत केन्द्र नुओझाडुको पहिलो इकाई प्रयोगमा आएको गत सेप्टेम्बरमा एक दशक पूरा भएको छ।
जलस्रोत मन्त्रालयको चाङजियाङ जलस्रोत आयोग र २०१७ मा स्थापना भएको लांकाङ (मेकङ जलस्रोत सहयोग केन्द्र) ले आयोजना गरेको मिडिया भ्रमण समूहमा चिनियाँ र विदेशी दुवै पत्रकार समावेश थिए।
मेकङ को–अपरेसन लिडर्स बैठक २०१६ मा नुओझाडु जलविद्युत केन्द्र भ्रमण गरी त्यसले छिमेकी देशको दायित्व र जैविक विविधता संरक्षण गर्न कसरी व्यवस्थापन गर्न सक्छ भन्नेबारे बुझ्न पत्रकार टोली गएको थियो।
भ्रमणपछि ‘ग्लोबल टाइम्स’ ले लेखेको समाचारअनुसार उक्त जलविद्युत केन्द्रले प्रतिवर्ष २३ अर्ब ९१ करोड युनिट बिजुली उत्पादन गर्दछ। ९५ लाख ६० हजार टन कोइला खपतबराबर बिजुली उत्पादन हुन्छ।
प्रति वर्ष १८.७७ टन कार्बन उत्सर्जन बचत गर्दछ, जसले देशलाई स्वच्छ ऊर्जा र २०३० भन्दा पहिले उच्चतम कार्बन उत्सर्जन लक्ष्य हासिल गर्न तथा २०६० अघि कार्बन तटस्थतामा पुग्न महत्वपूर्ण भूमिका खेलिरहेको छ।
नुओझाडु लांकाङ नदीको माथिल्लो भागमा अवस्थित प्रमुख क्यास्केड पावर स्टेसनमध्ये एक हो। अन्य नौ स्टेसनसँग मिलेर ९ खर्ब ३० अर्ब युनिट बिजुली उत्पादन गर्छन् भने ३३ करोड टन कोइला प्रयोग बचाएको नुओझाडु जलविद्युतका वरिष्ठ अधिकारी झोउ लिनले बताए।
उनका अनुसार केन्द्रले डिस्चार्ज पावर, फ्लो रेट र बाँधको डिजिटल अनुगमनका हिसाबले विश्वकीर्तिमान राखेको छ। केन्द्रका कर्मचारी चेन जियाङडोङका अनुसार नुओझाडुले वास्तविक समय र सबै समय महसुस गर्नसक्ने उत्कृष्ट डिजिटल निगरानी प्रविधि प्रयोग गरेको छ। बाँधको चौतर्फी अनुगमन, सञ्चालन र सुरक्षाको ग्यारेन्टी डिजिटल प्रविधिबाट गरिन्छ।
जिम्मेवार छिमेकी
यस वर्ष उत्तरी गोलाद्र्र्ध अत्यन्तै गर्मीको लहर र खडेरीले ग्रसित भएका बेला केही पश्चिमा मिडियाले मेकङ नदीको माथिल्लो भागमा रहेका चिनियाँ स्टेसन तल्लो तटीय देशमा खडेरी बढाउन जिम्मेवार रहेको भन्दै समाचार प्रकाशन र प्रशारण गरेका थिए।
तैपनि, सिङ्ह्वा विश्वविद्यालयको हाइड्रोलिक इन्जिनियरिङ विभागका प्राध्यापक लङ डी र उनको टोलीले लांकाङ (मेकङ नदी’ को हाइड्रोलिक अनुसन्धानलाई नजिकबाट पछ्याउँदै गरेको अनुसन्धानले यस वर्ष अगस्टमा एउटा शोधपत्र प्रकाशित गरेको थियो।
जसमा क्यास्केड पावर स्टेसन लांकाकाङ नदीको माथिल्लो भागमा अवस्थित यस क्षेत्रले तल्लो तटीय देशका लागि खडेरीमात्र बढाउने नभई वास्तवमा सुक्खा मौसममा मेकङ नदी शाखामा बहावको मात्रा बढाएको उल्लेख छ।
२०१९ मा मेकङ नदीमा ठूलो खडेरी पर्दा माथिल्लो भागमा रहेका सियाओवान र नुओझाडु जस्ता जलविद्युत केन्द्रले पानी आपूर्ति बढाउन ठूलो आर्थिक घाटामा आफ्नो जलाशय घटाए र विद्युत उत्पादन कटौती गरेका थिए। जसबाट तल्लो तटीय देशहरूका लागि खडेरी कम गर्न मद्दत पुगेको थियो।
यसबाहेक लांकाङ (मेकङ नदी) छेउमा रहेका देशले आधा शताब्दीमा ‘एलनिनो’ सँग जोडिएको सबैभन्दा खराब खडेरीको सामना गर्नुपरेको थियो। भियतनामको अनुरोधको जवाफमा नदी जलविद्युत हाउनेङ लांकाङ इन्कर्पोरेटेडले मेकङ नदी तटीय देशका लागि पानी आपूर्ति बढाउन लांकाङ नदी क्यास्केड पावर स्टेसनमा तुरुन्तै समन्वय गरेको थियो।
त्यसबेला ती देशमा खडेरी कम गर्न १ करोड २६ लाख टन पानी आपूर्तिले धेरै सहज भएको थियो र उनीहरूले चीनको यस्तो मैत्रीपूर्ण सहयोगका लागि कृतज्ञता व्यक्त गरेका थिए।
चीनमा म्यानमार दूतावासका कार्यवाहक जिन मार ह्वेटले अगस्टमा मेकङ देशसँग निरन्तर जलविज्ञान जानकारी आदान–प्रदान गरेको र लांकाङ (मेकङ) को–अपरेसन संयन्त्रद्वारा लगानी गरिएका परियोजनाका लागि सहयोग प्रस्ताव गरेकोमा चीनलाई धन्यवाद दिएका थिए।
लांकाङ नदी छेउमा रहेका १० क्यास्केड पावर स्टेसनले तल्लो तटीय नदीमा पानीको बहावलाई यति धेरै बढाएको छ कि व्यापारका लागि लांकाङ सुनौलो जलमार्गमा वर्षैभरि यात्रा गर्न सकिन्छ।
लङको अनुसन्धानअनुसार वर्षायाममा पानी भण्डारण गर्न सक्ने क्यास्केड पावर स्टेसनले लाओसको उत्तरी भागजस्ता तल्लो तटीय देशलाई बाढीबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने छ।
मिनी सफारी पार्क
नुओझाडु जलविद्युत केन्द्रले तल्लो तटीय देश र वरपरका क्षेत्रको प्राकृतिक विविधता जोगाउन पनि उदाहरण प्रस्तुत गरेको छ।
स्टेसनले जनावर उद्धार केन्द्र बनाएको छ। किसानले भेट्टाउने घाइते जनावरका लागि यस्तो प्रकारको पहिलो उद्धार केन्द्र हो।
२०१० मा सञ्चालनमा आएदेखि केन्द्रले ७० विभिन्न प्रजातिका ४ सय ३५ जनावर उद्धार गरिसकेको छ, जसमा दक्षिणी सुँगुर मकाक र अफ्रिकी खैरो सुताजस्ता ८३ वटा प्रथम श्रेणीका संरक्षित जनावर समावेश छन्।
‘एकचोटि ती जनावर निको भए र फेरि जंगलमा बाँच्न सक्षम भए,’ झोउले भने, ‘हामीले तिनीहरूलाई मुक्त ग¥यौं।’
स्टेसनमा माछाका लागि विशेष डिजाइन केन्द्र पनि छ। वैज्ञानिकसँगको सहकार्यमा स्टेसनले रेड महसिर र हेलिकोप्टर क्याटफिस जस्ता दुर्लभ माछाका लागि कृत्रिम प्रजनन केन्द्र सफलतापूर्वक सञ्चालन गरेको छ र चीनमा पहिलोपटक विशाल डेभिल क्याटफिसलाई कृत्रिम प्रजनन गर्न सफलता मिलेको छ।
‘हामीले माछापालक व्यवसायी र छिमेकका अन्य मानिसलाई उनीहरूले जंगलमा फेला परेका दुर्लभ माछा जस्तै विशाल डेभिल क्याटफिस दिन र त्यसो गरे उनीहरूलाई हजारौं युआन प्रदान गर्न पनि भन्यौं,’ नुओझाडु जलविद्युत केन्द्रका गोङ बिनको भनाइ ग्लोबल टाइम्सले छापेको छ।
चीनको सबैभन्दा बढी जैविक विविधतायुक्त प्रान्तमध्ये एक युनानमा अवस्थित नुओझाडु जलविद्युत केन्द्रले पनि जैविक विविधता संरक्षणमा योगदान दिँदै ६७ हजार ३ सय ३३ वर्गमिटर क्षेत्रफलको ठाउँ डिजाइन गरिएको छ।
२०१२ मा मिनी बोटानिकल गार्डेन प्रयोगमा ल्याइएपछि चीनका दुई प्रथम श्रेणीका संरक्षित वनस्पति, साइकास बालान्से र साइकास पेक्टिनेटको घर बन्यो। ७ हजार ६ सय १५ दोस्रो श्रेणी र ९ सय ८५ तेस्रो वर्गका संरक्षित बिरुवा यहाँ छन्।
बोटबिरुवा र जनावरका यस्तो संरक्षणले नुओझाडु जलविद्युत केन्द्रलाई घुम्न रमाइलो वर्षावन शैलीको बगैंचा मात्र बनाएको छैन, यसले केन्द्रको पर्यावरण, हरित विकास प्राथमिकतालाई मूर्तरूप दिएको छ।
(ग्लोबल टाइम्सको सहयोगमा)