काठमाडौं । माछापुच्छ्रे बैंक २२ औं वर्षपार गरी २३ औं वर्षमा प्रवेश गरेको छ । २२ वर्षअघि पोखरामा क्षेत्रीय बैंकको रुपमा स्थापना गरिएकाे थियाे ।
साे बैंकले २३ औं वर्षमा प्रवेश गरेको अवसरमा एक कार्यक्रम गरी २० वर्षभन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले २२ वर्षसम्मका यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एवं शुभचिन्तकहरु धन्यवाद दिँदै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै माछापुच्छ्रे बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु (डेबिट तथा क्रेडिट कार्ड ) बाट लिन सकिनेछ ।
उक्त अफरअन्तर्गत बैंकका ग्राहकले फुडमान्डुमार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी खाना अर्डर गर्दा २० प्रतिशत वा अधिकतम ३०० रुपैयाँ, टपअफमार्फत पहिलो पटक मोबाइल गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँ, डेबिट तथा क्रेडिट कार्डमार्फत ९ असाेजदेखि २० असाेजसम्म हरेक दिन बिहानको ७ बजेबाट बिहानको ९ बजेसम्म २ घण्टाको अबधिमा २ सय २२ भन्दा बढीको ५ वा सोभन्दा बढी कारोबार गरेको खण्डमा २२ प्रतिशत वा अधिकतम २ सय २२ रुपैयाँ, सीजी टिजिटलमार्फत क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५ सय रुपैयाँसम्मको क्यासब्याकहरु छन् ।
यो बैंकका हाल १ सय ६५ शाखा, १ सय ७४ शाखारहित बैंकिङ, १० एक्सटेन्सन काउन्टर र २ सय ५ एटीएम सञ्चालनमा रहेकाे बैंकले जनाएकाे छ ।