काठमाडाैं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो' योजनाअन्तर्गत पहिलो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ।
कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिट्यान्स पठाउने रीनाकुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी छन्।उक्त योजनाअन्तर्गत भदौ १५ देखी असोज ११ गतेसम्म अन्य चार जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जित्न सफल भैसकेका छन्।
साउदी अरबबाट नरेश यादव, कुवेतबाट शम्भुबहादुर सार्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनी साथै मलेसियाबाट रेमिट्यान्स पठाउँने पुरण रोक्का गरी ४ जनाले १०/१० तोला चाँदी जित्न सफल भैसकेका छन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते दसैं, तिहार र छठलाईलक्ष्य गर्दै ग्राहकसँग पर्वको खुसी साट्नलगातार ६३ दिनसम्म चल्ने 'विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो' उपहार योजना घोषणा गरेको थियो।
उक्त योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिनेछ।
कम्पनीका अनुसार यस 'विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो' अफर भदौ १५ गते देखि कात्तिक १५ गते सम्म लागू हुनेछ। यो अवधिभरी सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन।