काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाताअन्तर्गत कुश्मा शाखामा बचत खाता खोलेका ७ जना ग्राहकलाई खातामा उपलब्ध बिमा सुविधा बापतको रकम भुक्तानी गरेको छ ।
उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोल्नुभएको गोकर्णबहादुर श्रेष्ठ, शान्ति नेपाली, अमृता कुमारी कँडेल, रामचन्द्र श्रेष्ठ, शक्ति श्रेष्ठ, नरेन्द्र भुवाजी र कविता श्रेष्ठलाई क्रमशः ३३ हजार २ सय ५०रुपैयाँ, ३८ हजार रुपैयाँ, ३८ हजार रुपैयाँ, ३८ हजार रुपैयाँ, १७ हजार १ सय रुपैयाँ, २८ हजार ७७.२५ र ३८ हजार रुपैयाँ बराबरको चेक बैंकका शाखा प्रबन्धक दीपकराज पौडेलले एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।
बैंकले सो बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको उक्त बचत खातामा बीमा सुरक्षण योजनाअन्तर्गत २६ लाख रुपैयाँ सम्मको सुविधा प्राप्त हुने बैंकले जानकारी गराएको छ । साथै यस बचत योजनाअनुसार खातावालालाई निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, र इन्टरनेट बैंकिङ सेवा उपलब्ध छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १ सय ९९ शाखा सञ्जाल, १९५ एटिएम, ५४ शाखारहित बैंकिङ एकाइ तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधिलाई सुदृढ पार्दै लगिने प्रतिबद्धता बैंकले जनाएको छ ।