काठमाडौं। विजयादशमीलाई लक्ष्य गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दसैं विशेष ५ वटा रेसिपीहरू तयार गरेको छ।
दसैंमा विशेष खाइने परिकारहरू सेल रोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ। सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकाले यी रेसिपीहरू दसैंको लागि अत्यन्तै उपयुक्त छन्।
कोका–कोला बोतलको लेबलमा भएको 'क्युआर' कोड स्क्यान गरेर यी रेसिपीका भिडियोहरू हेर्न सकिनेछ भने कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपीका भिडियोहरू उपलब्ध हुनेछन्।
यस्तै उपभोक्ताहरूले आफूले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन्। यसरी भिडियो राख्ने मध्य ३ जना भाग्यशाली विजेताहरूले सेफ सन्तोष शाहसँग भेट्ने मौका पनि पाउन सक्नेछन्।
सहकार्यको बारे बोल्दै सेफ सन्तोष शाहले भने, 'दसैंको भनेपछि परम्परागत स्वादिला खानाहरूको कुरा आइहाल्छ। यो वर्ष कोका–कोलासँग मिलेर दसैंमा खाइने ५ विशेष परिकारहरूको रेसिपी यहाँँहरूलाई दिँदैछु। रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरू पनि थपेको छु। आशा छ, यहाँँहरूले पनि आफ्नो प्रियजनहरूसँग यो रेसिपी बनाउनुहुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ। यसरी यी परिकारहरू बनाएको भिडियो चाँहि सामाजिक सञ्जालमा पनि राख्नुहोला।'
यस्तै कोका–कोला नेपालका कन्ट्रि डाइरेक्टर आदर्श अवस्थीले नेपालीहरू आफ्नो चाडपर्व र आफ्नो मौलिक स्वादप्रति एकदमै गर्व गर्ने गरेकाे बताए । दसैंमा मास्टर सेफ सन्तोष शाहसँग मिलेर दसैं विशेष परिकारहरूको रेसिपी प्रदान गर्न पाउँदा उत्साहित भएकाे उनले बताए। उनले भने 'उहाँहरूले यी रेसिपीहरू बनाउनु हुनेछ र चिसो कोका –कोलासँग स्वाद लिनुहुनेछ।'
कोका–कोलाले यो वर्षको आफ्नो दसैं क्याम्पेनको एउटा भागको रूपमा मास्टर सेफ सन्तोष शाहसँग सहकार्य गरेको हो। 'सम्बन्ध उत्सव स्वादसँग' थिम राखिएको यो क्याम्पेनले दसैंको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिम्बिबित गरेको छ।