काठमाडौं। मी नेपालले शओमी स्मार्ट एयर फ्राएरसँगै स्मार्ट टिभीको लाइनअप सार्वजनिक गरेको छ।
स्मार्ट टिभी लाइनअपमा रेडमी स्मार्ट टिभी एक्स सिरिजअन्तर्गत एक्सएल अनुभव प्रदान गर्ने एक्स ४३ इन्चको रेड्मी स्मार्ट टिभी, ४३ इन्चको फूल एचडी रेड्मी स्मार्ट टिभी, ४३ इन्चको मी एक्स ५ टिभी, एक्स ५५ सावमी एक्स सिरीज सार्वजनिक गरेको हो।
त्यस्तै ४३ इन्चको मी ५ ए टिभी र घरमै थिएटरको अनुभव दिने मीको सबैभन्दा ठूलो र सबैभन्दा प्रिमियम स्मार्ट ७५ इन्चको फ्ल्यागसीप टिभी मी क्यूएलइडी टिभी रहेका छन्।
नेपाल भित्रिएको सो टिभीको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘७५ इन्चको फ्ल्यागसीप टिभी मी क्यूएलईडी टिभीले घरमै उत्कृष्ट सिनेमाको अनुभव प्रदान गर्दछ।
ठूलो स्क्रिनको साथमा फराकिलो दृश्यहरू प्रदान गर्ने यो टिभी ७५ इन्चको स्क्रिन साइज र क्वान्टम डट टेक्नोलोजीको साथ आउँछ।
९७ प्रतिशत स्क्रिन–टु–बडी रेसियो, फुल एरे लोकल डिमिङ टेक्नोलोजी, रियालिटी लो १२० (एमईएमसी) सहितको १२० हर्ट्ज रिफ्रेस रेट प्यानल र ३० डब्लु ६ स्पिकर अडियो सेटअप भएको यो मी टिभी अहिले सम्मको सबैभन्दा उन्नत र प्रिमियम टिभी हो।
प्रयोगकर्ताहरूले अब पप आउट हुने आश्चर्यजनक दृश्यहरू र रंगहरूका साथ आफ्नो लिभिंङ रूमलाई थिएटरमा रूपान्तरण गर्न सक्नेछन्।’
उपभोक्ताहरू स्वास्थ्यको बारेमा सचेत भइरहेकाले नेपालमा स्मार्ट एयर फ्रायरको बजार तीव्र रूपमा बढ्दै गएको कम्पनीले जनाएको छ। यस स्मार्ट एयर फ्रायरमा आकर्षक डिजाइन कम्पोनेन्ट र नयाँ प्रविधिहरू एकीकृत गरिएको छ।
स्मार्टर लिभिङ पोर्टफोलियोलाई विस्तार गर्ने लक्ष्य लिएको पनि कम्पनीले जनाएको छ।
मूल्य र उपलब्धता ७५ इन्चको मी क्यूएलईडी टिभीको मूल्य २ लाख ९९ हजार ९९९ रुपैयाँ र शाओमी स्मार्ट यएर फ्राएरको मूल्य १२ हजार ४९९ रहेको छ।