काठमाडौं। सिलिंक्स ट्राभलले ग्राहकहरुलाई सहज रुपमा हवाई टिकट उपलब्ध गराउने उद्देश्यले आफ्नो छुट्टै इन्टरनेट बुकिङ इन्जिन (आइबिई) टिकट भण्डार डटकम को सुरुवात गरेको छ। सन् २००७ देखि ट्राभल एन्ड टुर्स क्षेत्रमा सक्रिय रहँदै आएको सिलिंक्स ट्राभलले घटस्थापनाको शुभसाइत पारेर शुभारम्भ गरेको हो।
टिकटभण्डार डटकमको सुरुवातसँगै दसैंको अवसरमा सिलिंक्स ट्राभलले दुई वटा अफर घोषणा गरेको छ। यो दुवै अफर असोज १० गतेदेखि कात्तिक ९ गतेसम्म टिकटभण्डार डटकमबाट हवाई टिकट बुक गर्नेहरुका लागि हो।
पहिलो अफर छ आन्तरिक उडानको टिकट बुक गर्नेलाई मूल्यमा १० प्रतिशत छुट, दोस्रो अफर छ उक्त अवधिमा टिकट खरिद गर्नेमध्ये एक जोडीलाई गोलाप्रथाद्वारा काठमाडाैं बैंकका दुईतर्फी निःशुल्क हवाई टिकट दिने प्रबन्ध निर्देशक राजु ढकालले जानकारी दिए।
टिकटभण्डार डटकम आन्तरिक तथा बाह्य उडानका लागि हवाई टिकट बुकिङ गर्ने एउटा पूर्णमाध्यम हुने र यसमा अनलाइन भुक्तानीको सुविधासमेत रहेको जानकारी प्रबन्ध निर्देशक ढकालले दिएका छन्। यसले हवाई टिकटको अलवा यात्रासँग सम्बन्धित होटल, बिमा, प्याकेजलगायतका अन्य सेवाहरू आगामी दिनमा प्रदान गर्नेछ।
टिकटभण्डार डटकम सिलिंक्स ट्राभलको अनलाइन संस्करण हो। विश्वको जुनसुकै स्थानमा यात्रा गर्न ५ सयभन्दा बढी एयरलाइन्सको टिकट बुकिङ गर्ने सुविधाहरू राखिएको छ।
सिलिंक्स ट्राभल्ससँग रहेका १ हजार ५ सयभन्दा बढी बिटुबी ग्राहक, १० लाखभन्दा बढी बिटुसी ग्राहक र आगामी दिनमा थपिने नयाँ ग्राहकले विश्वको जुनसुकै स्थानबाट जुनसुकै सयममा हवाई टिकट अनलाइन बुक गर्न टिकटभण्डार डटकमबाट सक्नेछन्।
डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै आफ्ना सेवा सुविधाहरूलाई पनि त्यही किसिममा रूपान्तरणका लागि यो सेवा ल्याएको प्रमुख कार्यकारी अधिकृत(सिईओ) भावना श्रेष्ठले जानकारी दिइन्।
विश्वमा इन्टरनेट प्रयोगकर्ताहरु बढिरहेको बेला घर,अफिस वा यात्रा गर्दागर्दै आफू जान चाहेको गन्तव्यका लागि हवाई टिकटदेखि टुर प्याकेजसमेत अनलाइनमार्फत नै खरिद गर्न सक्ने एकै थलोको रूपमा टिकटभण्डार डटकम सञ्चालनमा ल्याएको उनले बताइन्।