काठमाडौं। रियलमीले विजयादशमी, दिपावली तथा छठको अवसरमा ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना ल्याएको छ। सोमबारदेखि सुरू हुने अफरमा उपभोक्ताहरूले स्मार्टफोन, टिभी, वासिन मेसिनलगायत अन्य थुप्रै आकर्षक उपहार जित्न सक्नेछन्।
दोश्रो चौमासिकको सर्वेक्षणअनुसार नेपालकै सर्वोत्कृष्टमेध्य तेश्रो स्मार्टफोन ब्रान्ड बन्न सफल रियलमीले आफ्ना उत्पादनमार्फत उपभोक्तालाई नयाँ प्रविधि प्रदान गर्दै अगाडि बढ्न सफल भएको छ।
अफरबारे बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘रियलमी सधैँ नयाँ प्रविधिहरू ल्याउन अग्रसर भएकाले पनि उपभोक्ताले यसलाई मन पराइरहनुभएको छ।’ उनले अफरले चाडपर्वको माहोल अझै रमाइलो हुने अपेक्षा गरेको बताए।
योजनाअन्तर्गत आजदेखि कात्तिक १४ सम्म लागू हुनेछ। अफर हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरू छानिनेछन्।
योजनामा सहभागी हुनको लागि यस लिंक मा गएर आफ्नो नाम, फोन नम्बर, आफूले खरिद गरेको स्मार्टफोनको आइएमइआई नम्बर र मोडल नम्बरजस्ता विवरणहरू राखेर दर्ता गर्नुपर्ने हुन्छ। यसरी छानिएका विजेताहरूमेध्य हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने ३ जना बम्पर विजेताले रियलमी ९, वासिन मेसिन र ६५ इन्चको ४के टिभी जित्न सक्नेछन्।
यो अफर असोज १० गतेदेखि कार्तिक १४ सम्म खरिद गरिएका बजेट इन्टरर्टेन र सी सिरीज, गेमिङ–केन्द्रित नार्जो सिरीज, अलराउन्डर नम्बर सिरीज, इनोभेटिभ जिटी सिरीजलगायत सबै रियलमी स्मार्टफोनहरूमा लागू हुनेछ।