काठमाडौं। नाडा अटोमोबाइल एसोसिएन अफ नेपालले आयोजना गरेको नाडा इभी एक्स्पो २०२२ सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको एक्स्पोमा ३५ हजार भन्दा बढीले एक्स्पो अवलोकन गरेको नाडाका अध्यक्ष धुव्र थापाले जानकारी दिए।
‘आधिकारीक रुपमा कतिले हेरे भन्ने तथ्यांक भोलि(सोमबार)मात्र आउछ,अध्यक्ष थापाले भने, अहिलेको अवस्थामा गाडीको बुकिङ उत्साहजनक भएको छ।’ सबै स्टलहरुबाट तथ्यांक लिने काम भइरहेकोले कति बुकिङ भयो भन्ने जानकारी सोमबार दिउँसोसम्ममा आउने उनले बताए।
विद्युतीय सवारीसाधानमा आकर्षण बढाउन भन्दै नाडाले इतिहासमै पहिलो पटक इभी एक्स्पोको आयोजना गरेको थियो। एक्स्पोसँगै विभिन्न विज्ञहरुसँग विद्युतीय सवारी साधानहरुको उपयोगिता,विषेशता लगाएतका विषयमा समेत अन्तरक्रिया गरेको थियो।
एक्स्पोमा ५१ वटा स्टलमा ९ वटा ४ पाग्रे र १ वटा ३ पाग्रे सवारी साधानहरु रहेका थिए भने १६ वटा २ पांग्रे सवारीका स्टल राखिएको थियो। गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता रहेको थियो।
अग्नी ग्रुपले ३ पांग्रे टेरो ब्रान्ड सहभागिता हुनेछ। दुई पांग्रे ब्रान्डमा लेभ्निङ, एनआईयु, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्सलगायतका ब्रान्डको उपस्थिती रहेको थियो। नाडाले १९९८ देखी नै नाडा अटो शो गर्दै आएको छ।