काठमाडाैं । नेपाल डेरी एसोसिएसनले असोज ८ गते शनिबारबाट ७औं विश्व स्कुल दूध दिवस मनाउन सुरु गरेकाे छ। ७ गते औपचारिक रुपमा एसोसिएसनले देशब्यापी ५ दिनसम्म दिवस मनाउने भएकाे छ ।
त्यसैअनुरुप ८ गते पहिलो दिनको कार्यक्रमअन्तर्गत काठमाडौंको शंखमूलस्थित दृश्य सहकारीको सहकार्यमा सहकारीको परिसरमा एक कार्यक्रम गर्दै ५ दिनसम्म मनाउन लागिएको ७औं विश्व स्कुल दूध दिवस कार्यक्रममा बालबालिकालाई दूध सेवन गराई नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले औपचारिक उद्घाटन गरेका थिए।
नेपाल डेरी एसोसिएसनले तेस्राे दिन सिन्धुलीमा डेरी उद्योगी, समाजसेवी नेपाल डेरी एसोसिएसनका सिन्धुली जिल्ला संयोजक बलराम अधिकारीको सभापतित्वमा कमलामाई नगरपालिका प्रमुख उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सातौं विश्व स्कुल दूध दिवस सिन्धुली विद्याश्रम अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थी भाइबहिनीहरुलाई प्रमुख अतिथिबाट दूधपान गराई कार्यक्रम सम्पन्न गरिएकाे थियाे।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको उपस्थितिमा स्कुलका बालबच्चाहरुलाई दूध खुवाउँदै कार्यक्रम अघि बढाइएकाे जनाएकाे छ। कार्यक्रममा अतिथिहरु नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दिपप्रसाद धमला, केन्द्रीय सदस्य रविशरण थापा, ललितपुर कोषाध्यक्ष हुद्धराज तिमिल्सना, कमलामाई नगरपालिका पशु शाखा प्रमुख डा. रोशन कोइराला, सिन्धुली उद्योग वाणिज्य संघका महासचिव रामकुमार राजभण्डारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधि प्रकाश थापा, कृषिउपज बजार व्यवस्थापनका अध्यक्ष प्रयाग खतिवडा, डेरी उद्योगी व्यवसायीहरु, विद्यार्थीहरुलगायत सरोकारवाला निकायहरुको उपस्थितिमा नेपाल डेरी एसोसिएसन सिन्धुली जिल्ला समिति गठनका साथै सातौं विश्व स्कुल दूध दिवस भव्यताका साथ दूध तथा दुग्ध पदार्थ वितरण गरी मनाइएकाे एसाेसिएसनले बताएकाे छ ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले नेपाल डेरी एसोसिएसनको बारेमा प्रष्ट पार्दै संस्थाले डेरी उद्योगीहरुको हक हितमा काम गर्ने, एसोसिएसन सातै प्रदेशमा प्रादेशिक कार्यालय रहेको, कृषकहरुको पेसा सम्मानित पेसामा तुलना गर्नुपर्ने, विश्व स्कुल दूध दिवसको बारेमा नेपालमा मनाउन सरु गरेको यस संस्था देश कै पहिलो र हालसम्म ७ पटक मनाइ सकिएको र आजको दिन सिन्धुलीमा मनाउन पाउँदा खुसी व्यक्त गर्दै दूध तथा दुग्ध पदार्थ सेवन गर्नुपर्छ, बच्चाहरुको बुद्धि विकासमा दूधको प्रमुख भूमिका रहेको बताए ।
प्रमुख अतिथि नगरपालिका प्रमुखले कार्यक्रमको उद्देश्य सान्दर्भिक रहेको र दूधको क्षेत्र आफ्नो लागि महत्व राख्ने विषय हो । यो कार्यक्रम राखेकोमा नेपाल डेरी एसोसिएसनलाई विशेष धन्यवाद प्रकट गरे । सरकारले सहयोग गरेको खण्डमा कृषि पेसा नेपालमा उत्कृष्ट छ ।
अब छिट्टै हाम्रो देश दूध, मासु र अण्डामा आत्मनिर्भर हुन सक्ने बताए। सिन्धुली जिल्ला पशु पालन गरी दूधमा आत्मनिर्भर बनाउनका लागि नगरपालिका सधैं तयार रहेको बताए।
साथै सम्पूर्ण अतिथिहरुबाट सिन्धुली जिल्ला भेलाबाट चुनिने कार्य समिति सक्षम, सबल र उत्कृष्ट कमिटी बनोस र दुग्ध क्षेत्रको विकासमा लाग्न सक्ने कमिटी आउने अपेक्षासहित सबैले शुभकामना ब्यक्त गरे ।