काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ १.३० प्रतिशतले घटेको छ । यस दिन नेप्से परिसूचक २३.८३ अंकले घटेर १८१५.१३ बिन्दुमा झरेको हो ।
आज १ हजार ८३७ बिन्दुमा खुलेको बजार दोहोरो अंकले घटेर १ हजार ८१५.१३ बिन्दुमा झरेर बन्द भएको हो । घटेको बजारमा १ अर्ब बढीको कारोबार भएको छ ।
आज नेप्से उच्च बिन्दु १ हजार ८३८ बिन्दु र न्यून १ हजार ८११ बिन्दु समातेको थियो । आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज नेप्समा १ अर्ब ७ करोडको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा ६५ करोडको कारोबार भएको थियो ।
आज नेप्सेमा २ सय २८ कम्पनीको ४० लाख १४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २ सय २८ कम्पनीमध्ये १२ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । त्यसैगरी २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज नेप्सेमा अभियान लघुवित्तको सर्वाधिक १० प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, नबिल इक्विटी फन्डको २.९४ प्रतिशत र लक्ष्मी बैंकको सेयर मूल्य २.६६ प्रतिशतले बढेको छ ।
त्यस्तै, तेह्रथुम पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ७.९० प्रतिशतले घटेको छ । आज नेप्सेमा लक्ष्मी बैंकको सर्वाधिक २६ करोड २ लाख रुपैयाँको कारोबार गरेको छ ।
त्यस्तै, नबिल बैंकको ४ करोड २९ लाख रुपैयाँको कारोबार र रिडी हाइड्रोपावरको ३ करोड ४९ लाख रुपैयाँको कारोबार गरेको छ ।