काठमाडौं । नाडा अटोमोबाइल एसोसिएन अफ नेपालले आयोजना गरेको नाडा इभी एक्स्पो २०२२ आज सकिँदै छ । बिहीबारदेखि सुरु भएको एक्स्पोमा शनिबारसम्म २५ हजारभन्दा बढीले एक्स्पोमा अवलोकन गरिसकेको एक्स्पोका सभापति अनुपकुमार बरालले जानकारी दिए ।
नेपाली इतिहासमै पहिलो पटक विद्युतीय गाडीहरुलाई मात्र लक्षित गरी नाडा इभी एक्स्पोको आयोजना गरिएको हो । आइतबार बेलुका सम्पन्न हुने एक्स्पोमा सहभागिता अझै बढ्न सक्ने उनको अनुमान छ ।
‘अहिलेको यो संख्यालाई धेरै उत्साहजनक रुपमा हेरिएको छ, सभापति बरालले भने स्टलमा रहेकाहरुलाई खुसी हुनुहुन्छ ।’ एक्स्पोमा कति कारोबार भयो भन्ने जानकारी भने आफूहरुलाई नहुने उनको भनाइ छ ।
५१ वटा स्टलमा ९ वटा चारपांग्रे र १ वटा तीनपांग्रे सवारी साधानहरु छन् । यस्तै १६ वटा दुईपांग्रे सवारीका स्टल छन् ।
गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता रहेको छ । अग्नि ग्रुपले तीनपांग्रे टेरो ब्रान्ड सहभागिता हुनेछ। दुईपांग्रे ब्रान्डमा लेभ्निङ, एनआइयू, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्सलगायतका ब्रान्डको उपस्थिति रहेको छ। नाडाले १९९८ देखि नै नाडा अटो शो गर्दै आएको छ।