काठमाडौं । भिभोले आज लोकप्रिय वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरू वाई२२एस र वाई१६ नेपालमा सार्वजनिक गरेको छ ।
भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवा उन्मुखी स्मार्टफोन परिचित रहेको कम्पनीले जनाएको छ ।
भिभोले वाई सिरिजमा ठूलो सफलता हासिल गरेको छ र यसलाई कायम राख्न आफ्नो प्रयोगकर्ताहरूका लागि नयाँ–नयाँ स्मार्टफोनहरू विकास गर्दै आइरहेको छ । पर्याप्त स्टोरेज, सहज कार्यसम्पादन र उत्कृष्ट लुकका साथ आज सार्वजनिक भएका वाई२२एस र वाई१६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरूका लागि उपयुक्त स्मार्टफोन हुन् ।
सिईओ माइकलले भने, ‘नेपालमा वाई सिरिजले धेरै माया पाएको छ । युवा ग्राहकहरूको हृदयमा एक विशेष स्थान बनाउन सफल भएको कम्पनीले जनाएको छ । प्रयोगकर्ताहरूले दिएको मायालाई हामीले डिजाइन, कार्यसम्पादन र दक्षता अभिवृद्धि गर्ने मूल विचारका साथ बजारमा वाई२२एस र वाई१६ सार्वजनिक गरेका छौं ।’
स्टाइलिस डिजाइन, विशाल ब्याट्री, व्यापक स्टोरेज र शक्तिशाली प्रदर्शनका साथ, वाई१६ र वाई२२एस ग्राहकहरूको व्यस्त समयतालिकालाई व्यवस्थापन गर्नका लागि उपयुक्त साथी हुनेछ । हरेक पक्षमा उत्कृष्ट स्मार्टफोन खोज्न ग्राहकहरूका लागि हामीले वाई सिरिज एक गो–टु शोलुसनको रुपमा विकास गरेका छौं ।
वाई२२एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६जीवी र्याम र १२८ जीवी रोम छ । जसले प्रयोगकर्ताहरूलाई बिना कुनै ढिलाइ एकै साथ धेरै एपहरू चलाउन अनुमति दिन्छ । विस्तारित र्याम सुविधाले निष्क्रिय रोमको स्पेस प्रयोग गर्छ र रोमलाई पनि १ टेराबाईट सम्म मेमोरी कार्डको साहेताले एक्सटेन्ड गर्न मिल्छ ।
वाई२२एस एआई पावर–सेभिङ टेक्नोलोजीको साथ आउँछ र यसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ जसले दिनभर टिक्ने चार्ज प्रदान गर्छ । यो ५०एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ । ८एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्युटी छ ।
जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्बिरहरू लगातार क्लिक गर्न मद्दत गर्दछ । पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडसँग अप्टिमाइज गरिएको छ । जसले प्रयोगकर्तालाई कम उज्यालोमा पनि उत्कृष्ट तस्बिरहरू लिन अनुमति दिन्छ ।
यसबाहेक, मल्टी–स्टाइल पोट्र्रेटमा फेस ब्यूटी, बोकेह, र अन्य शैलीहरू वाई२२एस मा समावेश छन् जसमार्फत प्रयोगकर्ताहरूले व्यक्तिगत पोट्र्रेट बनाउन सक्छन् । रातको समयमा पनि विस्तृत र जीवन्त तस्बिरहरू खिच्दै वाई२२एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको छ ।
वाई२२एस स्टारलिट ब्लू र समर सायन कलरको मूल्य २७ हजार ९ सय ९९ रुपैयाँ मिनिमा लिस्टिक आउटलुकको साथ उपलब्ध छ । त्यस्तै वाई१६ प्राकृतिक लुक– स्टेलर ब्ल्याक र ड्रिजलिङ गोल्ड कलर भेरियन्टमा १९ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ ।