काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ ।
यी प्याकहरु ७ असाेज शुक्रबारदेखि लागू हुनेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले यी भ्वाइस प्याकहरुको प्रयोगबाट फाइदा लिन सक्नेछन् । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन , ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्नेछन् ।
१ दिनको भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित मात्र ५५ रूपैयाँमा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन् । त्यस्तै ७ दिने भ्वाइस प्याकअन्तर्गत ग्राहकले २४९ रूपैयाँमा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्छन् ।
आफ्नो आवश्यकता अनुसार बढी समयावधि चाहिने ग्राहकहरुले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक करसहित मात्र ७४९ रूपैयाँमा सुचारु गरी सुलभ दरमा भारतमा कल गर्न सक्छन् ।
ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरुप भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरुमार्फत इ भ्वाइस प्याकहरु सुचारु गर्न सक्नेछन् ।
सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरुप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरु सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ ।
भारतमा रहेका परिवार, साथीभाइ र आफन्तजसँग सुलभ दरमा कल गर्न सकिने गरी ग्राहकहरुका लागि चाडपर्वको अवसरमा यी प्याकहरु ल्याउन पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ ।