काठमाडाैं । एनएमबी बैंकले नेपाली बैंकिङ जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवर्द्धन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ । एनएमबी बैंकले नेपालीहरुको चाड दसैं र तिहारलाई लक्षित गरी साे बजार आयोजना गर्न लागेको हो ।
जसमा ६० भन्दा बढी स्टल राख्ने जानकारी गराइएको छ । बैंकले आफ्ना ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकहरुको उत्पादनलाई बजारमा प्रवर्द्धन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी यस बजार आयोजना गर्न लागेको जनाएको छ ।
बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक सामान क्युआर/पोस मार्फत सहुलियत मुल्यमा खरिद गर्न सकिने जानकारी गराइएको छ ।
एनएमबी बैंकले यही असोज ८ गते, शनिबारको दिन सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखि बेलुका ५ बजे सम्म कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
एनएमबी बैंकले हाल देशभर २ सय १ शाखा, १ सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।