सुर्खेत । महिन्द्रा समूहअन्तर्गतको कम्पनी महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर सुर्खेतमा पनि सार्वजनिक गरेको छ । यसअघि हेटाैंडा, चितवन, धनगढी, जनकपुरधाम जस्ता सहरी क्षेत्रमा प्रचलनमा आएको सो थ्री–ह्वीलर असोजदेखि सुर्खेतमा पनि बिक्री वितरण सुरू गरेकाे कम्पनीले जनाएकाे छ।
हिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्छ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालको विभिन्न ठाँउमा ट्रियो बिक्री गर्दै आएको छ ।
महिन्द्रा ट्रियोबाट ग्राहकले पेट्रोल अटोको तुलनामा वार्षिक २ लाख रुपैयाँ बचत गर्नसक्ने कम्पनीले दाबी गरेको छ । महिन्द्रा ट्रियो १० हजारभन्दा बढी सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटरभन्दा बढी दूरी तय गरिसकेको छ ।
प्रमुख विशेषताहरू पेट्रोल थ्री व्हीलरको तुलनामा बढी बचत गर्ने, पेट्रोल अटोसँग तुलना गर्दा प्रतिकिमी ०.८ रुपैयाँभन्दा कमको सञ्चालन लागत, आठ युनिट विद्युतमा फुल चार्ज हुने, उत्कृष्ठ पर्फेमेन्स, उन्नत लिथियम आयोन ब्याट्री, थकानमुक्त ड्राइभिङ अनुभव, आकर्षक डिजाइन, उत्कृष्ट (इन्डस्ट्री बेस्ट) वारेन्टी नेपालमा पनि, विद्युतीय अटोमोबाइल उद्योगमै–पहिलो कनेक्टेड नेमो मोबिलिटी प्लेटफार्म जस्ता विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।