काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले विभिन्न ६० भन्दा बढी उद्योगी व्यवसायीलाई मानपद्वी, अलंकार र पदकद्धारा विभुषित गरेको छ ।
विभुषित हुनेमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मुरारका र ढकाल सुकीर्तिमय राष्ट्रदीपबाट विभुषित का घोषणा गरेकी छन ।। यस्तै सुप्रवल जनसेवाश्रीबाट कुसुम लामा, राजेशकुमार अग्रवाल, राम थापा, शशीधर शर्मा, अरुणकुमार केसी, जगदिशप्रसाद अग्रवाल, मुरलीधर रुङटा र बोनिगोपाल मुन्धडा रहेका छन ।
यसैगरी प्रवल जनसेवाबाट सुशीलकुमार गोयन्का, सुनिलकुमार बंशल,विनोद थकाली, भारतप्रसाद पराजुली, बालकृष्ण भुसाल, भीमप्रसाद घिमिरे, सुरेन्द्रकुमार गोयल, राजेन्द्र अर्याल, खुमबहादुर सुवेदी, अशोककुमार वैद्य, प्रतापजंग पाण्डे, प्रेमकुमार श्रेष्ठ, पवनकुमार अग्रवाल र कुमुदकुमार दुगड विभुषित भएका छन् ।
जनसेवाश्रीबाट सुमन पाण्डे, मिङमा शेर्पा, राजेन्द्र अग्रवाल विभुषित भएका छन् । विकासरत्न पदकबाट विनायक शाह, शिक्षा भट्टचन, आङगेलु शेर्पा र यमुना श्रेष्ठ रहेका छन् । यस्तै समाजसेवी पशुपति भण्डारी प्रवल जनसेवाश्रीबाट विभुषित भएका छन ।
सरकारले सोमबार विभिन्न क्षेत्रमा योगदान पुर्याएका ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गरेको छ । यो पटक नेपाल रत्न स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने सरकारले घोषणा गरेको छ । राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ ।