काठमाडौं। नेपालमा माइडिया ब्रान्डका घरायसी सामाग्रीाहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले दसैं, तिहार र छठलाई लक्ष्य गरी ग्राहक योजना ल्याएको छ।
अफरअन्तर्गत माइडियाको ६ र ७ केजी वासिङ मेसिनको खरिदमा ६ केजी प्याक सर्फएक्सेल वा एरिअल, ८ केजी भन्दामाथिका वासिङ मेसिनलगायतकाे हरेक सामान खरिदमा खाली हात नजाने क्यासब्याककाे व्यवस्था छ।
त्यसैगरि माइडियाको राइस कुकर, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकरलगायतमा सामान खरिदमा पनि क्यासब्याक पाउने कम्पनीले जनाएकाे छ।
सामान खरिद गर्दा ३४ हजार ३ सयसम्मको क्यासब्याक रहेको कम्पनीले जनाएको छ। ग्राहक योजना १५ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ।
माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट, वासिङ मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धी हेरचाह र लाइटिङमा तथा घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ।
माइडिया ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दसैं र तिहारलाई लक्ष्य गर्दै 'माइडियाको शुभकामना सरल र सुखी जीवनलाई' भन्ने नारासहित अफर ल्याएकाे हाे।