काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवर्द्धित अशोक लेल्यान्डले ग्राहकहरुलाई लक्षित गरी आाजदेखि लोन मेला सुरू गरेकाे छ ।
काठमाडौं, नेपालगन्ज, जितपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखि ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखि ७ गतेसम्म गरी दुई चरणमा सम्पन्न हुने उक्त मेलाको भरपुर फाइदा ग्राहकहरूले लिन सक्नेछन् ।
ग्राहक लक्षित अफरसहित यस प्रकारको फाइनान्स सुबिधा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई दिँदै आइरहेको छ । साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुबिधा उपलब्ध हुनेछ । नेपालभरका सम्पूर्ण शाखाहरुबाट यो सुबिधा लिन सकिने छ । मेलामा अशोक लेल्यान्ड गाडीहरुका लागि कम ब्यज्दरमा अधिकत्तम फाइनान्स सुबिधासहित स्थलगत निर्णय गरिन्छ ।
रेमिट्यान्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो। रेमिटेन्स, बैंकिङ इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, ऊर्जालगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।
आइएमई मोटर्सले विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्री वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।