काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा काठमाडौंबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू, सम्पूर्ण ग्राहकहरू तथा बैकका कर्मचारीहरूलाई जंगल भिल्ला रिसोर्ट, चितवन र त्रिसारा, काठमाडौंमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ।
जंगल भिल्ला रिसोर्ट, चितवनमा एकोमोडेशन शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने गरि सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र जंगल भिल्ला रिसोर्टका बजार प्रमुख सुहानी गिरिले हस्ताक्षर गरे।
त्यस्तै त्रिसारा, काठमाडौंमा १० प्रतिशत छुट प्रदान गर्ने गरि सम्झौता भएको छ। उक्त छुट त्रिसरा, पेरोस पिज्जा र त्रिसारा– द बेकिङ फ्याकट्रीमा समेत उपलब्ध हुनेछ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर र त्रिसारा, काठमाडौंका प्रबन्ध निर्देशक शोभन विर मालाकारले हस्ताक्षर गरे ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।