काठमाडौं । एनआइसी एसिया बैंकले २० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको छ। बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत २ जना ग्राहकलाई खातामा उपलब्ध घातक रोग बिमा बापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो।
बैंकको नेपालगञ्ज शाखामा 'एम्बेसडर' श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा सोही खाता खोलेको स्व. महेश कपालीको हिताधिकारीहरूलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त बिमा रकम बराबरको चेक हस्तान्तरण गरे।
बैंकले सो बिमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो। बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार ७ सय ३३ जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बिमाबापत २ करोड ६० लाख रुपैयाँ, दुर्घटना बिमाबापत ७० लाख रुपैयाँ र मेडिकल बिमाबापत ३ करोड ३१ लाख रुपैयाँ गरी कुल ६ करोड ६१ लाख रुपैयाँभन्दा बढी बीमा रकम प्राप्त गरिसकेको छ।
बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाख रुपैयाँसम्मको बिमा सुविधा रहेको 'सर्वश्रेष्ठ बचत योजनाहरू' सञ्चालन गरिरहेको छ।
यस योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म ८४ लाखसम्मका ३ बिमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बिमा र मेडिकल बिमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन्।
बैंकले मुलुकभर रहेका ३ सय ५९ शाखा कार्यालय, ४ सय ७३ एटिएम, १ सय २ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।