काठमाडौं । कोका–कोलाले दसैंको लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ नामक क्याम्पेन सुरुवात गरेको छ । दसैं भेटघाट गर्ने, मिठा–मिठा परिकारहरु खाने परम्परा छ । त्यही परम्परालाई मध्येनजर गर्दै दसैंको लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ क्याम्पेन सुरु गरेको कोका–कोलाले जनाएको छ ।
कोका–कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दसैंँलाई राखेको छ। हरेक वर्षको दसैंमा उपभोक्ताको लागि नयाँँ र रोमान्चक थिमसहित क्याम्पेन गर्दै आएको छ।
उपभोक्ता दसैंलाई अझै विशेष बनाउन कोका–कोलाले चंगा उडाएको, टिका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी–भैलो खेलेको जस्ता ५ वटा विभिन्न चित्र अंकित लेबलहरु भएको बोतल दसैंको समयमा बजारमा ल्याउने गर्छ ।
क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर आदर्श अवस्थील ‘यो वर्षको ‘सम्बन्ध उत्सव स्वादसँग’ लाई लिएर उत्साहित भएको बताए। उनले दसैंको मुख्य आकर्षणलाई प्रतिविम्बित गरेको बताए।
कम्पनीले ब्रान्ड एम्बास्डर स्वस्तिमा खड्कालाई लिएर नयाँ टेलिभिजन विज्ञापन पनि बनाएको छ । यस विज्ञापनमा स्वस्तिमाले आफ्नो स्वर्गीय हजुरआमाको रेसिपी–बुकको मद्दतबाट दसैंको तयारी गर्न थाल्छिन्। विज्ञापनमा दसैंको मुख्य भागको रुपमा आफ्नो नातागोता र उनीहरुसँगको मेलमिलापलाई भावनात्मक तरिकाले प्रस्तुत गरिएको छ। यस विज्ञापनमा स्वप्न सुमनले सम्बन्ध उत्सव शीर्षकको गीत पनि गाएका छन् ।
त्यस्तै कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले दसैं क्याम्पेनले उपभोक्तालाई आफ्नो सम्बन्धलाई अझै प्रगाढ बनाउन र हरेक पल स्मरणीय बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरे।
दसैंको अभिन्न हिस्साको रुपमा खानेकुरा रहेकाले कोका–कोलाले यो वर्ष बिबिसि मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दसैंमा खाइने मुख्य ५ वटा परिकारहरुको रेसिपी पनि सार्वजनिक गरेको छ। यो रेसिपी पाउनको लागि उपभोक्ताले कोका–कोला बोतलको लेबलमा भएको क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ। साथै यी रेसिपी भिडियोहरु कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुनेछन्।
यसको साथै उपभोक्ताहरुले पनि कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो रेसिपीको भिडियो सामाजिक सन्जालमा अपलोड गर्न सक्नेछन्। यी मध्यबाट ३ जना विजेताले सेफ सन्तोष शाहसँग भेट्ने मौका प्राप्त गर्नेछन्।