काठमाडौं। आइएमई पेले दसैं, तिहार तथा छठको अवसरमा पहिलो पटक आइएमई पे डिजिटल दसैं तिहार २०७९ अफर सार्वजनिक गरेको छ। उक्त अफर असाेज १ गतेदेखि कार्तिक १५ गतेसम्म जम्मा ४६ दिनसम्म कायम हुनेछ।
दराजसँगको सहकार्यमा सार्वजनिक गरेको अफरमा आइएमई पेमार्फत भुक्तानी गर्दा दैनिकमा सामसङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिसहोमको २ सय एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइ टिभिको प्याकेजकाे उपहार प्राप्त हुनेछ।
यस्तै दराजको हजारौँ भाैचर कोडदेखि १ जना विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाईम एक्सेस र दुई जना विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर इ–स्कुटर पनि उपहार स्वरुप प्रदान गरिने जनाइएकाे छ।
आइएमई पे मोबाइल वालेटमार्फत विभिन्न कार्य तथा सेवाहरूको लागि सहजै अनलाइन भुक्तान गर्न सकिन्छ। यसै डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढावा दिन महा–अफरमार्फत आइएमई पेबाट विभिन्न भुक्तानी गरे बापत उपहार दिइनेछ।
यस्तै आइएमई पेबाट क्युआर भुक्तानी गर्ने ५ जना विजेताले सामसङ स्मार्टवाच ४ (प्रति), मोबाइल रिचार्ज गर्ने १ जना विजेताले एप्पल म्याक्बुक एयर १३.६ एमटु, हवाइ टिकट काट्ने २ जना विजेताले पाउनेछन् । त्यसैगरि १ तोला २४ क्यारेट सुन (प्रति), आइएमई पेमा बैंकको खाता लिंक गर्ने २ जना विजेताले सामसङ ग्यालेक्सी ट्याब एस सेवेन+ (प्रति) र आइएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने २ जना विजेताले सामसङ स्मार्ट टिभि (५५ इन्च, प्रति) पाउनेछन्।
चाडपर्व कै अवसर पारी आइएमई पेमार्फत क्रिस्टल डाइग्नोस्टिक, सिनामंगलमा भुक्तानी गर्दा प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट र हिमाल डेन्टलमा १५ प्रतिशत छुट पनि प्राप्त गर्न सक्नेछन्। साथै आइएमई पेको प्रयोगकर्ताहरूले आइएमई पे एपमा कुनै पनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप पनि पाउनेछन्।
दैनिक उपहारको विजेताहरूको घोषणा हरेक हप्तामा एक पटक सामाजिक संजालमार्फत हुनेछ भने अरू सबै उपहारहरूको विजेताको घोषणा अफर अवधि पश्चात सामाजिक संजालमा तथा कम्पनीको लागि सम्भावित कुनै पनि माध्यममार्फत हुनेछ। सम्पूर्ण विजेताहरूले अफर अवधिको अन्त्यमा मात्रै उपहारहरू प्राप्त गर्नेछन्।
उपहारको लागि योग्य हुन प्रयोगकर्ताहरुले मुख्यतः आइएमई पे एपमा आफ्नो केवाइसी प्रमाणित गर्नुपर्ने नियम कम्पनीले जनाएकाे छ। यस्तै आइएमई पे एपमा क्यास –इन र क्यास–आउट बाहेक अरू भुक्तानीमा उपहार जित्न मिल्ने नियम रखिएको छ। यस अफर सम्बन्धि विस्तृत जानकारी तथा नियम र सर्तहरू आइएमई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुनेछ।